भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३५८ पुग्यो, १० हजार बढी संक्रमित

काठमाडौं, २ वैशाख । कोरोना भाइरसको संक्रमणले दक्षिणी छिमेकी राष्ट्र भारतको स्थिति पनि भयावह बन्दै गएको छ । भारतमा हरेक दिन मृत्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएको पाइन्छ ।
भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण ३५८ जनाले ज्यान गुमाएका छन् भने १० हजार ४५३ जना संक्रमित भएका छन् । साेमबार मात्रै भारतमा २७ जनाको मृत्यु भएको छ भने १ हजार २४८ जना थप नयाँ संक्रमित फेला पेरका छन् ।


साेमबार बिहानसम्म भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३३१ थियो भने संक्रमितकाे संख्या हजार २०५ थियाे ।
भारतमा आइतबार, ४३ शनिबार ३९, शुक्रबार २३, बिहीबार ४८, बुधबार २८ र मंगलबार २५ जनाको कोरोनाका कारण ज्यान गएको थियो ।
भारतमा कुल संक्रमितमध्ये १ हजार १८१ जना उपचारपछि निको भएका छन् । बाँकी ८ हजार ९१४ जना उपचाररत रहेको वल्र्डोमिटर्सको तथ्यांकमा जनाइएको छ ।
पछिल्ला तथ्यहरूका अनुसार भारतमा महामारी नियन्त्रणका प्रयास प्रभावकारी नहुने हो भने यसले इटली र स्पेनकै जस्तो भयावह अवस्था निम्त्याउने त्यहाँका जनस्वास्थ्य विज्ञहरूले बताउँदैन आएका छन् 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता