निको भएकालाई पुनः कोरोना भाइरस संक्रमण नहुने भन्ने कुनै प्रमाण छैन : डब्ल्यूएचओ


काठमाडौं, १३ बैशाख । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ)ले कोरोना भाइरसको संक्रमणबाट निको भएका व्यक्तिलाई पुनः कोरोनाभाइरस संक्रमण नहुने भन्ने कुनै प्रमाण नरहेको जनाएको छ ।
कोरोनाभाइरस संक्रमणबाट निको भएका र ‘एन्टीबडी’ लिएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण दोस्रोपटक नहुने भन्ने कुनै प्रमाण नरहेको डब्ल्यूएचओले जनाएको हो ।
संक्रमण निको भएका व्यक्तिमा एन्टीबडी विकास हुने र त्यसले भाइरसलाई आक्रमण गर्ने हुँदा दोस्रोपटक संक्रमण नहुने विश्वास गरिँदै आएकोमा डब्ल्युएचओले तत्कालका लागि त्यस्तो कुनै प्रमाण नभेटिएको बताएको हो ।
साथै, कोरोना भाइरसको संक्रमण र त्यसमा एन्टीबडी ‘रियाक्सन’बारे अझै अनुसन्धान भइरहेको डब्ल्यूएचओले उल्लेख गरेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता