कोरोना संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख नाघ्यो, २८ लाख ६७ हजार बढी संक्रमित


काठमाडौं, १३ बैशाख । कोभिड १९ नाम दिइएको प्राणघातक कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ४ सय ३० पुगेको छ ।
वल्र्डोमिटर्स इन्फो डटको ताजा अपडेट अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या २८ लाख ६७ हजार ९८४ पुगिसकेको छ, भने ८ लाख १९ हजार ३१० जना निको भइसकेका छन् ।
यसैबीच, १० लाख १९ हजार ७४० वटा कोरोनाका केसहरु बन्द भइसकेका छन्, भने १८ लाख ४८ हजार २४४ वटा केसहरु एक्टिभ छन् ।
यो समाचार बनाउँदासम्म संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणका कारण सबै भन्दा बढी ५२ हजार ८४३ ले ज्यान गुमाइसकेका छन्, भने संक्रमितको संख्या ९ लाख २९ हजार ८४१ पुगेको छ । जसमध्ये १ लाख १० हजार ५०४ जना निको भइसकेका छन् ।
त्यस्तै इटालीमा पनि ज्यान गुमाउनेको संख्या २६ हजार ३८४ पुगिसकेको छ, भने संक्रमितको संख्या १ लाख ९५ हजार ३५१ पुगेको छ । यसैबीच निको हुनेको संख्या ६३ हजार १२० पुगेको छ ।
यसैबीच, कोरोना संक्रमणका कारण यता स्पेनमा पनि २२ हजार ९०२ को ज्यान गइसकेको छ, भने संक्रमितको संख्या २ लाख २३ हजार ७५९ पुगिसकेको छ । निको भएर फर्कनेहरुको संख्या ९५ हजार ७०८ पुगेको छ ।
फ्रान्समा १ लाख ५९ हजार ८२८ जना कुल सङ्क्रमित भएका छन् भने, २२ हजार २४५ को ज्यान गएको छ । यसैबीच ४३ हजार ४९३ निको भएर फर्किएका छन् ।
यूकेमा पनि ज्यान गुमाउनेको संख्या २० हजार ३१९ पुगेको छ, भने १ लाख ४८ हजार ३७७ जना संक्रमित छन् ।
त्यस्तै इरान, बेल्जियम, जर्मनीमा, चीन, टर्की, नेदरल्याण्डस्, ब्राजिल, स्वीट्जरल्यनण्डलगायतमा हजारौंले ज्यान गुमाइसकेका छन् ।
नेपालमा पनि कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । हालसम्म १२ जना निको भइसकेका छन्, भने बाँकी ३७ जना उपचाररत छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता