विश्वभर काेराेना संक्रमितकाे संख्या ५३ लाख पुग्याे, ३ लाख ४० हजारकाे मृत्यु


काठमाडाैं, १० जेठ । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या ३ लाख ४० हजार पुगेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका विश्वभर संक्रमित हुनेकाे संख्या भने ५३ लाख ३ हजार ३९३ पुगेकाे छ ।
कुल सङ्क्रमितमध्ये २१ लाख ५८ हजार ५१० उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा झण्डै साढे ६ गुणा बढी हाे । अहिले विश्वभर २८ लाख ३ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ भने ४४ हजार बढीकाे अवस्था गम्भीर रहेकाे छ ।
पछिल्लाे २४ घण्टामा मात्रै विश्वभर १ लाख ७ हजार बढी नयाँ काेराेना संक्रमित भेटिएका छन् भने ५ हजार २ सय २५२ जनाकाे मृत्यु भएकाे वर्ल्डो मिटर्सले जनाएकाे छ । शुक्रबार बिहानसम्म विश्वभर काेराेना संक्रमित हुनेकाे संख्या ५१ लाख ९३ हजार ७६० थियाे भने मृत्यु हुनेकाे संख्या ३ लाख ३४ हजार ५९७ थियाे ।
कुन देशकाे अवस्था कस्ताे ?
अमेरिका
कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा ९७ हजार ६४७ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १६ लाख ४५ हजार ९४ पुगेकाे छ ।
संक्रमितमध्ये ४ लाख ३ हजार २१० भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ११ लाख ४४ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १७ हजार १०९ अवस्था गम्भीर रहेको छ ।
ब्राजिल
ब्राजिलले अमेरिकालाई पछ्याइरहेकाे देखिन्छ । अहिलेसम्म त्यहाँ काेराेनाबाट संक्रमित हुनेकाे संख्या ३ लाख ३० हजार ८९० पुगेकाे छ भने काेराेनाका कारण मृत्यु हुेकाे संख्या २१ हजार ४८ पुगेकाे छ ।
शुक्रबार मात्रै त्यहाँ २० हजार नयाँ संक्रमित थपिएका छन् भने ९६६ जनाकाे मृत्यु भएकाे छ । बिहीबारसम्म त्यहाँ काेराेनाबाट संक्रमित हुनेकाे संख्या ३ लाख १० हजार थियाे भने मृत्यु हुनेकाे संख्या २० हजार ८२ थियाे ।
अहिले त्यहाँ १ लाख ७४ हजार बढीकाे काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ८ हजार ३१८ काे अवस्था गम्भीर रहेकाे छ ।
रूस
पछिल्लाे समय काेराेना भाइरसको नयाँ हटस्पट रूस बनेकाे छ । अहिलेसम्म रूसमा ३ लाख २६ हजार ४४८ मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने ३ हजार २४९ पुगेकाे छ ।
कुल संक्रमितमध्ये ९९ हजार बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ २ लाख २३ हजार बढीमा काेराेना संक्रिय रहेकाे छ । तीमध्ये २२ सयकाे अवस्था गम्भीर रहेकाे छ । अहिले रूसमा हरेक दिन १० हजार बढी नयाँ काेराेना संकेमित थपिने गरेकाे छ ।
स्पेन
कोरोनाले भयावह पारेको अर्को देश हो, स्पेन । अहिलेसम्म स्पेनमा काेराेना संक्रमितकाे संख्या २ लाख ८१ हजार ९०४ पुगेकाे छ । स्पेनमा कोरोनाका कारण २८ हजार ६२८ जनाले ज्यान गुमाएका छन् ।
कुल संक्रमितमध्ये १ लाख ९६ हजार ९५८ भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ५६ हजारमा कोरोना सक्रिय रहेको छ । तीमध्ये ११ सयकाे अवस्था गम्भीर रहेकाे छ ।
बेलायत
अमेरिकापछि कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा बेलायत पर्छ । अहिलेसम्म बेलायतमा कोरोनाका कारण मृत्यु हुनेकाे संख्या ३६ हजार ३९३ पुगेकाे छ । संक्रमितकाे संख्या भने २ लाख ५४ हजार नाघेकाे छ । बेलायतमा पूर्ण निको हुनेको संख्या एकदमै कम रहेको छ ।
इटाली
काराेनाभाइसकका कारण धेरै मृत्यु हुनेमा इटाली पनि पर्छ । अहिलेसम्म त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ३२ हजार ६१६ पुगेकाे छ । अहिलेसम्म त्यहाँ २ लाख २८ हजार बढी कोरोनाबाट संक्रमित भएका छन् ।
कुल संक्रमितमध्ये १ लाख ३६ हजार पूर्णरूपमा निको भइसकेका छन् । अहिले इटालीमा ५९ हजारमा काेराेना सक्रिय रहेकाे छ भने ५९५ सयकाे अवस्था गम्भीर रहेकाे छ ।
फ्रान्स
कोरोनाले भयावह बनाएकाे अर्काे देश हाे, फ्रान्स । फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको १ लाख ८२ हजार २१९ पुगेकाे छ भने मृत्यु हुनेको संख्या २८ हजार २८९ पुगेको छ ।
संक्रिमतमध्ये ६४ हजार पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ८९ हजारमा काेरोना संक्रिय रहेको छ । तीमध्ये १ हजार ७०१ जनाकाे अवस्था भने गम्भीर रहेको छ ।
जर्मनी
जर्मनीमा पनि कोरोना संक्रमित हुनेको संख्या १ लाख ७९ हजार पुगेकाे छ । मृत्यु हुनेको संख्या भने ८ हजार ३५२ पुगेको छ । अहिले त्यहाँ १२ हजारमा मात्रै कोरोना सक्रिय रहेको छ । संक्रमितमध्ये १ लाख ५९ हजार भने पूर्णरुपमा निको भइसकेका छन् ।
टर्की
टर्कीमा पनि काेराेना संक्रमित हुनेकाे संख्या १ लाख ५४ हजार नाघेकाे छ । अहिलेसम्म त्यहाँ ४ हजार २७६ काे मृत्यु भएकाे छ । संक्रमितमध्ये १ लाख १६ हजार १११ भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ३४ हजारमा काेराेना सक्रिय रहेकाे छ ।
इरान
इरानमा टर्कीभन्दा कम संक्रमित भए पनि मृतककाे संख्या भने बढी रहेकाे छ । अहिलेसम्म इरानमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ७ हजार ३ सय पुगेकाे छ । अहिलेसम्म त्यहाँ १ लाख ३१ हजार संक्रमित भएका छन् । संक्रमितमध्ये एक लाख २ हजार निकाे भएका छन् । अहिले त्यहाँ २२ हजारमा मात्रै काेराेना सक्रिय रहेकाे छ ।
भारत
छिमेकी मुलुक भारतमा पनि काेराेनाकाे उद्गम स्थल चीनमा भन्दा बढी संक्रमित भएका छन् । अहिलेसम्म भारतमा १ लाख २४ हजार बढी संक्रमित भएका छन् । काेराेनाका कारण ३ हजार ७२६ जनाकाे ज्यान गएकाे छ । संक्रमितमध्ये ५१ हजार बढी पूर्ण रूपमा निकाे भएका छन् । अहिले ६९ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ ।
पेरू
पेरूमा पनि काेराेना संक्रमितकाे संख्या १ लाख ११ हजार पुगेकाे छ । अहिलेसम्म त्यहाँ काेराेनाका कारण ३ हजार २४४ जनाकाे मृत्यु भएकाे छ । कुल संक्रमितमध्ये ४४ हजार बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ ६३ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ ।
चीन
कोरोनाको उद्गम स्थल चीनमा भने अहिले ७९ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७८ हजार २५८ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ९७१ जनामा कोरोनाको संक्रमण देखिएको छ । चीनमा काेराेनाका कारण ४ हजार ६३३ जनाकाे मृत्यु भएकाे छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता