विश्वभर काेराेना संक्रमितकाे संख्या ६० लाख नाघ्याे, एकैदिन १ लाख २५ हजार बढी नयाँ संक्रमित भेटिए


काठमाडाैं, १७ जेठ । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट संक्रमित हुनेकाे संख्या ६० लाख नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शनिबार बिहानसम्म काेराेना संक्रमितकाे संख्या ६० लाख २६ हजार ४१८ पुगेकाे छ ।
कुल सङ्क्रमितमध्ये २६ लाख ५६ हजार १४४ उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा झण्डै ७ गुणा बढी हाे । अहिलेसम्म काेराेना संक्रमबाट ३ लाख ६६ हजार ४२१ जनाकाे मृत्यु भएकाे वर्ल्डाे मिटर्सले जनाएकाे छ ।
अहिले विश्वभर ३० लाख ३ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ भने ५३ हजार बढीकाे अवस्था गम्भीर रहेकाे छ ।
पछिल्लाे २४ घण्टामा मात्रै विश्वभर १ लाख १५ हजार बढी नयाँ काेराेना संक्रमित भेटिएका छन् भने ४ हजार ८ सय ८९ जनाकाे मृत्यु भएकाे वर्ल्डो मिटर्सले जनाएकाे छ । शुक्रबार बिहानसम्म विश्वभर काेराेना संक्रमित हुनेकाे संख्या ५९ लाख ९०७ थियाे भने मृत्यु हुनेकाे संख्या ३ लाख ६१ हजार ५४९ थियाे ।
कुन देशकाे अवस्था कस्ताे ?
अमेरिका
कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा १ लाख ४ हजार ५४२ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १७ लाख ९३ हजार ५३० पुगेकाे छ ।
संक्रमितमध्ये ५ लाख १९ हजार ५६९ भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ११ लाख ६९ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १७ हजार २०४ अवस्था गम्भीर रहेको छ ।
ब्राजिल
ब्राजिलले अमेरिकालाई पछ्याइरहेकाे देखिन्छ । अहिलेसम्म त्यहाँ काेराेनाबाट संक्रमित हुनेकाे संख्या ४ लाख ६८ हजार ३३८ पुगेकाे छ भने काेराेनाका कारण मृत्यु हुेकाे संख्या २७ हजार ९९४ पुगेकाे छ ।
शुक्रबार मात्रै त्यहाँ २९ हजार नयाँ संक्रमित थपिएका छन् भने १ हजार १८० जनाकाे मृत्यु भएकाे छ ।
कुल संक्रमितमध्ये १ लाख ९३ हजार १८१ जना भने पूर्णरूपमा निका भइसकेका छन् । अहिले त्यहाँ त्यहाँ २ लाख ४७ हजार बढीकाे काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ८ हजार ३१८ काे अवस्था गम्भीर रहेकाे छ ।
रूस
पछिल्लाे समय काेराेना भाइरसको नयाँ हटस्पट रूस बनेकाे छ । अहिलेसम्म रूसमा ३ लाख ८७ हजार ६२३ मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने ४ हजार ३७४ पुगेकाे छ ।
कुल संक्रमितमध्ये १ लाख ५९ हजार बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ २ लाख २३ हजार बढीमा काेराेना संक्रिय रहेकाे छ । तीमध्ये २३ सयकाे अवस्था गम्भीर रहेकाे छ ।
स्पेन
कोरोनाले भयावह पारेको अर्को देश हो, स्पेन । अहिलेसम्म स्पेनमा काेराेना संक्रमितकाे संख्या २ लाख ८५ हजार ६४४ पुगेकाे छ । स्पेनमा कोरोनाका कारण २७ हजार १२१ जनाले ज्यान गुमाएका छन् ।
कुल संक्रमितमध्ये १ लाख ९६ हजार ९५८ भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ६१ हजारमा कोरोना सक्रिय रहेको छ । तीमध्ये ६ सयकाे अवस्था गम्भीर रहेकाे छ ।
बेलायत
अमेरिकापछि कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा बेलायत पर्छ । अहिलेसम्म बेलायतमा कोरोनाका कारण मृत्यु हुनेकाे संख्या ३८ हजार १६१ पुगेकाे छ । संक्रमितकाे संख्या भने २ लाख ७१ हजार नाघेकाे छ । बेलायतमा पूर्ण निको हुनेको संख्या एकदमै कम रहेको छ । अहिले पनि त्यहाँ २ लाख भन्दा धेरैमा काेराेना सक्रिय रहेकाे छ ।
इटाली
काराेनाभाइसकका कारण धेरै मृत्यु हुनेमा इटाली पनि पर्छ । अहिलेसम्म त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ३३ हजार २२९ पुगेकाे छ । अहिलेसम्म त्यहाँ २ लाख ३२ हजार बढी कोरोनाबाट संक्रमित भएका छन् ।
कुल संक्रमितमध्ये १ लाख ५२ हजार पूर्णरूपमा निको भइसकेका छन् । अहिले इटालीमा ४६ हजारमा काेराेना सक्रिय रहेकाे छ भने ४७५ सयकाे अवस्था गम्भीर रहेकाे छ ।
फ्रान्स
कोरोनाले भयावह बनाएकाे अर्काे देश हाे, फ्रान्स । फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको १ लाख ८६ हजार ८३५ पुगेकाे छ भने मृत्यु हुनेको संख्या २८ हजार ७१४ पुगेको छ ।
संक्रिमतमध्ये ६७ हजार पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ९० हजारमा काेरोना संक्रिय रहेको छ । तीमध्ये १ हजार ३६१ जनाकाे अवस्था भने गम्भीर रहेको छ ।
जर्मनी
जर्मनीमा पनि कोरोना संक्रमित हुनेको संख्या १ लाख ८३ हजार पुगेकाे छ । मृत्यु हुनेको संख्या भने ८ हजार ५९४ पुगेको छ । अहिले त्यहाँ १० हजारमा मात्रै कोरोना सक्रिय रहेको छ । संक्रमितमध्ये १ लाख ६४ हजार भने पूर्णरुपमा निको भइसकेका छन् ।
भारत
छिमेकी मुलुक भारतमा पनि काेराेनाकाे उद्गम स्थल चीनमा भन्दा दाेब्बर बढी संक्रमित भएका छन् । अहिलेसम्म भारतमा १ लाख ७३ हजार बढी संक्रमित भएका छन् । काेराेनाका कारण ४ हजार ९८० जनाकाे ज्यान गएकाे छ । संक्रमितमध्ये ८२ हजार बढी पूर्ण रूपमा निकाे भएका छन् । अहिले ८५ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ ।
टर्की
टर्कीमा पनि काेराेना संक्रमित हुनेकाे संख्या १ लाख ६२ हजार नाघेकाे छ । अहिलेसम्म त्यहाँ ४ हजार ४८९ काे मृत्यु भएकाे छ । संक्रमितमध्ये १ लाख २५ हजार भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ३१ हजारमा काेराेना सक्रिय रहेकाे छ ।
इरान
इरानमा टर्कीभन्दा कम संक्रमित भए पनि मृतककाे संख्या भने बढी रहेकाे छ । अहिलेसम्म इरानमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ७ हजार ६७७ सय पुगेकाे छ । अहिलेसम्म त्यहाँ १ लाख ४६ हजार संक्रमित भएका छन् । संक्रमितमध्ये एक लाख १४ हजार निकाे भएका छन् । अहिले त्यहाँ २४ हजारमा मात्रै काेराेना सक्रिय रहेकाे छ ।
पेरू
पेरूमा पनि काेराेना संक्रमितकाे संख्या १ लाख ४८ हजार पुगेकाे छ । अहिलेसम्म त्यहाँ काेराेनाका कारण ४ हजार २३० जनाकाे मृत्यु भएकाे छ । कुल संक्रमितमध्ये ६२ हजार बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ ८१ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ ।
चीन
कोरोनाको उद्गम स्थल चीनमा भने अहिले ७० जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७८ हजार २९१ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ९९५ जनामा कोरोनाको संक्रमण देखिएको छ । चीनमा काेराेनाका कारण ४ हजार ६३३ जनाकाे मृत्यु भएकाे छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता