दैलेखको क्वारेन्टाइनमै एक व्यक्तिको ज्यान गयो, रिपोर्ट आएपछि मात्रै कोरोना भए/नभएको थाहा हुने


दैलेख, १७ जेठ । दैलेखको दुल्लु नगरपालिकाको क्वारेन्टाइनमा राखिएको एक व्यक्तिको ज्यान गएको छ । यहाँको नेपाल विद्युत प्राधिकरणको क्वारेन्टाइनमा राखिएको ३७ वर्षीय ती व्यक्ति शनिबार बिहान ज्यान गएको हो ।
दश दिन अगाडि मात्रै उनी भारतको गुजरातबाट फर्किएका थिए । शनिबार विहान उनी करिब ७ बजे समयमा एक्कासि बेहोस भएर ढलेका थिए । उनका साथीका अनुसार बेहोस भएको करिब ४ घण्टापछि मात्रै स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनमा पुगेको थियो ।
डाक्टरहरु उक्त क्वारेन्टाइनमा आइपुग्दा उनको निधन भइसकेको उनको साथीको भनाइ छ । यता मृतकका बुवाले लापरवाहीका कारण छोराको ज्यान गएको आरोप लगाएका छन् ।
दुल्लु अस्पतालले भने हृदयघातका कारण उनको ज्यान गएको हुनसक्ने जनाएको छ । मृतकको स्वाब संकलन गरी परीक्षणका लागि शुक्रबार जुम्ला पठाइएको अस्पतालले जनाएको छ । रिपोर्ट आएपछि मात्रै कोरोना भए÷नभएको थाहा हुने पनि अस्पतालले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता