कोरोनाको कहरमा कपिलवस्तु, आजमात्र थप ७७ जनामा संक्रमणको पुष्टि


कपिलवस्तु, १७ जेठ । आज कपिलवस्तुमा थप ७७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । योसँगै कपिलवस्तुमा संक्रमितको संख्या २ सय ६५ पुगेको छ ।
थपिएका संक्रमितहरु महाराजगञ्ज नगरपालिका का बर्ष १६ देखि ४५ सम्मका ३३ जना पुरुष छन् । यस्तै कृष्णनगर नगरपालिकाका बर्ष १८ देखि ४५ सम्मका १६ जना पुरुषमा संक्रमणको पुष्टि भएको छ ।
यसैगरी यशोधरा गाउँपालिकाका १६ देखि ४८ बर्षसम्मका पुरुष २६ र २५,१९ बर्षका महिला २ जना मा पनि संक्रमणको पुष्टि भएको छ । संक्रमितहरुको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट औपचारिक पुष्टि हुन बाँकी छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता