थप १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ८ सय ८६ पुग्यो


काठमाडौं, १४ जेठ । नेपालमा थप १ सय १४ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै नेपालमा बुधबार दिउँसोसम्ममा संक्रमितको संख्या कुल ८ सय ८६ पुगेको छ ।
यो संख्या अहिलेसम्मकै उच्च हो । यस अघि हिजो एकै दिन ९० संक्रमित थपिएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले थपिएका संक्रमितहरुमा रौतहटमा ३६ जना, सप्तरीमा ११ जना, झापामा १७ जना, बारामा ८ जना, सिरहामा २ जना , दाङमा १५ जना, रुकुम पूर्वमा ३ जना, बागलुङमा ६ जना र मकवानपुरमा १ जना रहेका छन् ।
प्रदेश २ मा अवस्था भयवाह बन्दै
पछिल्लो २४ घण्टामा यस प्रदेश नम्वर २ मा ५६ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमा रौतहट जिल्लामा ३६ जना, बारा जिल्लामा ७ जना, सप्तरी जिल्लामा ११ जना र सिरहा जिल्लामा २ जना कोरोना संक्रमण पुष्टि भएको हो ।
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्वर ७ र ८ का क्रमसः २१ बर्षीय र ३५ बर्षीय पुरुष, सोही जिल्ला स्थित गौर नगरपालिकामा रहेको जुद्धोदय माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेको ८ जना पुरुष, त्यसैगरी कठहरिया नगरपालिकाका वडा नम्वर ३ का क्रमष ३६ र ३७ बर्षीय पुरुषहरु र इसनाथ नगरपालिकाको जोकाहा स्थित मस्जिदमा निर्माण गरिएको क्वारन्टाइनमा रहेका बर्ष १३ र ३५ बर्षीय पुरुष तथा सोही नगरपालिकाको श्री जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका क्रमसः १७ बर्ष, १९ बर्ष र २० बर्षमा ३ जना तथा २१, २२, २४, २७, ३४, ३८, ३५, ४८ र ५० बर्षीय पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो ।
रौतहट जिल्लामा संक्रमण पुष्टि भएका उल्लेखित ब्यक्तिहरु छिमेकी मुलुक भारतका विभिन्न स्थलहरुबाट नेपाल आएको बुझिएको छ ।
बारा जिल्लाको पचरौता नगरपालिका वडा नम्वर १ मा रहेको क्वारेन्टाइनमा गरिएको स्वाव संकलनको परिक्षण पश्चात १ महिला र ६ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । जसअनुसार रौतहट जिल्ला घर भई बारा जिल्लामा बस्दै आएकी ५२ बर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी पचरौता वडा नम्वर १ को क्वारेन्टाइनमा रहेका क्रमस २९, ३०, ३५, ३८, ४० र ४१ बर्षीय पुरुषहरुमा कोरोना संक्रमको पुष्टि भएको हो ।
बारा जिल्लामा संक्रमण पुष्टि भएकी ५२ बर्षीय महिला बाहेकका ६ जना पुरुषहरु पनि छिमेकी मुुलुक भारतको विभिन्न स्थानबाट आएको बुझिएको छ ।
सिरहा जिल्लामा संक्रमण पुष्टि भएका क्रमस ३५ र ३९ बर्षीय पुरुषहरुको स्थायी ठेगाना सप्तरी जिल्लाको रुपनी गाउँपालिका र ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका रहेको खुल्न आएको छ र दुवै जना पुरुषहरु पेशागत कार्यका लागि हाल सिरहामा बस्दै आएको बताइएको छ ।
सप्तरी जिल्लामा भने बलान बिहुल गाउँपालिकामा १७ बर्षीया महिला र २९ बर्षीय पुरुष, बोधेबर्साइन नगरपालिकामा क्रमस १८ बर्षको १ जना, १९ बर्षका २ जना, २० बर्षका २ जना तथा २१, २८ र ५१ बर्षका पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी सप्तरी जिल्लाकै सुरुङ्गा नगपालिकामा २९ बर्षीय पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा संक्रमित भएका ५६ जनासँगै यस प्रदेशमा हालसम्म कोरोना संक्रमण पुष्टि भएका ब्यक्तिहरुको कुल संख्या ३ सय २४ पुुगेको छ ।
रुकुम पूर्वमा पनि देखियो पहिलो पटक संक्रमण
यसैगरी दाङमा बुधवार एकै दिन १५ जनामा कोरोना संक्रमण देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा घोराही र लमही क्षेत्रका १५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दाङको घोराही उपमहाननगरपालिका वडा नं १० का ३ जना वर्ष २४, ४०, ४० वर्षका पुरुष र वडा नं १८ का ४ जना रहेका छन । उनीहरु २४, २५, ४०, ४२ वर्षका पुरुष रहेका छन् ।
त्यसैगरेर लमही नगरपालिका वडा नं १ का २६ वर्षीय १ जना, वडा नं २ का १७, ३० वर्षका दुईजना वडा नं ४ एक जना, २६ वर्षिय पुरुष, वडा नं ५ का तीनजना २० वर्षका दुईजना र २३ वर्षका एकजना रहेका छन् ।
यसमा २० वर्ष एक जना महिला पनि छन । वडा नं ६ का एक जना १८ वर्षीय रहेका छन । एकजना महिला सहित सबै १७ वर्ष देखि ३० वर्ष सम्मका रहेका छन ।
यसै गरी रुकुम पूर्वका तीन जनामा कोरोना पोजिटिभ देखिएको छ । पुथा उत्तरगंगा वडा नं १४ र १५ का तीनजनामा पोजेटिभ देखिएको हो । रुकुम पूर्वमा संक्रमण पाइएको यो पहिलो हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता