झापामा थप १७ जनामा कोरोना पुष्टि, प्रदेश १ मा संक्रमितहरुको संख्या १०४ पुग्यो


काठमाडौं, १४ जेठ । नेपाली दिनप्रति दिन कोरोना संक्रमितहरुको संख्या बढ्दो छ । यसैक्रममा झापाका थप १७ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेको कोरोना सूचना डेस्कका अनुसार बुधबार झापाको कचनाकवलमा १५ जना र गौरादहमा २ जना गरी जम्मा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसअगाडि कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएका र भारतबाट आएकाहरुको स्वाब नमुना संकलन गरी विराटनगरस्थित कोसी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण उनीहरुमा कोरोना पुष्टि भएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ सय ४ पुगेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता