बिहिबार थपिए एक सय ५६ जना संक्रमितको संख्या एक हजार ४२

बिहिबार  एक सय ५६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले  आज  थप  १ सय ५६ जना थपिएको जानकारी दिए । उनले आज थप एक सय ५६ जना थपिएससँगै नेपालमा कोरोना संक्रमितको संख्या  एक हजार ४३ पुगेको  बताए ।
मन्त्रालयका अनुसार आज सातै प्रदेशका विभिन्न अस्पतालको आइसोलेसनमा ८ सय  जना उपचाररत रहेका छन् । 
नारायणी अस्पतालमा कोरोना संक्रमण देखिएर उपचाररत थप ४ जना निको भएर घर गएका छ ।यो संगै कोरोना निको हुनेको संख्या  एक सय ८६ पुगेको छ । 


आज सातै प्रदेशका विभिन्न क्वारेन्टाईनमा ८६ हजार ६५७ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण ५१ जिल्लामा फैलिएको छ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता