इलामको साँखेजुङमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

इलाम, १७ जेठः इलाम नगरपालिका १ साँखेजुङमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । साँखेजुङमा रहेको सीटीइभिटीई कलेज छेउमा स्थानीयस्तरमा निर्माणको काम गर्न प्रयोग गरिएको ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा परी ट्याक्टर चालक इलाम नगरपालिका १  साँखेजुङ निवासी योगेश मगरको मृत्यु भएको हो उनलाई इलाम अस्पताल लैजादै गर्दा मृत्यु भएको हो । दुर्घटनामा परेर अन्य दुइजना घाइते भएका छन् घाइते हुनेमा इलाम नगरपालिका १ का े साँखेजुङका आकाश राई र ठेगना नखुलेका निमा शेर्पा रहेका छन् । घाइतेहरुको इलाम अस्पतालमा उपचार भईरहेको र अवस्था सामान्य रहेको जिल्ला ट्राफिक कार्यालय इलामले जनाएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता