उदयपुरका थप एक जनामा कोरोना संक्रमण पुष्टि


उदयपुर, २७ बैशाख । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
दोस्रो पटक संकलन गरिएको स्वाब परीक्षण गर्दा शनिबार थप एकजनामा संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएकी महिला ४३ वर्षीया रहेको जिल्ला स्वास्थ कार्यलयले जानकारी दिएको छ।
आज मात्र यससँगै थपिएका संक्रमितको संख्या ४ पुगेको छ । शनिबार बिहान मात्र तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
तीनैजना महिला विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र लगिएको छ।
शनिबार बिहान संक्रमण पुष्टि भएका तीन मध्ये दुईजनाका श्रीमानलाई यसअघि कोरोना संक्रमण देखिएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीकाअनुसार दुई जना संक्रमित व्यक्तिका श्रमिती हुन् ।
उदयपुरमा आज थप चार जनामा संक्रमण पुष्टि भए सँगै ३२ जना पुगेका छन भने १४ जना उपचार पछि निको भएर फर्की सकेका छन।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता