काेराेना भाइरसबाट मृत्यु हुनेकाे संख्या २ लाख ८० हजार नाघ्याे, ४१ लाख बढी संक्रमित


काठमाडाैं, २८ वैशाख । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या २ लाख ८० हजार नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार आइतबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या २ लाख ८० हजार ५९९ पुगेकाे छ ।
विश्वभर अहिलेसम्म ४१ लाख ५९९ काेराेना संक्रमित भएका छन् । सङ्क्रमितमध्ये १४ लाख ३९ हजार ८४२ भने उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा पाँच गुणा बढी हाे ।
पछिल्लाे २४ घण्टमा मात्रै विश्वभर काेराेनाबाट ४ हजार २४८ जनाले ज्यान गुमाएका छन् भने ८८ हजार ९८७ नयाँ काेराेना संक्रमित थपिएका छन् । शनिार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या २ लाख ७६ हजार १८१ थियाे भने संक्रमितकाे संख्या ४० लाख ११ हजार ५८७ थियाे ।
कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा ८० हजार ३७ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १३ लाख ४७ हजार नाघेकाे छ । संक्रमितमध्ये २ लाख ३८ हजार भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ १० लाख २९ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये झण्डै १७ हजारकाे अवस्था गम्भीर रहेको छ ।
कोरोनाले भयावह पारेको अर्को देश हो, स्पेन । अहिलेसम्म स्पेनमा काेराेना संक्रमितकाे संख्या २ लाख ६२ हजार ७८३ पुगेकाे छ । स्पेनमा कोरोनाका कारण २६ हजार ४७८ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये १ लाख ७३ हजार १५७ भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ६३ हजार १४८ जनामा कोरोना सक्रिय रहेको छ । तीमध्ये १७ सयकाे अवस्था भने गम्भीर रहेको छ ।
इटालीमा स्पेनमा भन्दा कम संक्रमित भए पनि मृत्यु हुनेकाे संख्या भने बढी रहेकाे छ । अहिलेसम्म इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ३० हजार ३९५८ पुगेकाे छ । अहिलेसम्म त्यहाँ २ लाख १८ हजार २६८ कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये १ लाख ३ हजार पूर्णरूपमा निको भइसकेका छन् । अहिले इटालीमा ८४ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ भने एक हजार बढीकाे अवस्था गम्भीर रहेकाे छ ।
अमेरिकापछि कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा बेलायत पर्छ । अहिलेसम्म बेलायतमा कोरोनाका कारण मृत्यु हुनेकाे संख्या ३१ हजार ५८७ पुगेकाे छ । संक्रमितकाे संख्या भने २ लाख १५ हजार पुगेकाे छ । बेलायतमा पूर्ण निको हुनेको संख्या एकदमै कम रहेको छ । त्यहाँ अहिले १ लाख ८३ हजार ३२९ जनामा कोरोना सक्रिय रहेको छ भने १५ सय बढीकाे अवस्था गम्भीर रहेकाे छ ।
पछिल्लाे समय काेराेना भाइरसको नयाँ हटस्पट रूस बनेकाे छ । केही दिनयता लगातार दिनहुँ १० हजार बढी संक्रमित थपिने गरेकाे छ । अहिलेसम्म रूसमा एक लाख ९८ हजार बढी मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने १ हजार ८२७ पुगेकाे छ । संक्रमितमध्ये ३१ हजार बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ १ लाख ६४ हजार बढीमा काेराेना संक्रिय रहेकाे छ । तिमध्ये २३ सयकाे अवस्था गम्भीर रहेकाे छ ।
कोरोनाले भयावह बनाएकाे अर्काे देश हाे, फ्रान्स । फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको १ लाख ७६ हजार पुगेकाे छ भने मृत्यु हुनेको संख्या २६ हजार ३१० पुगेको छ । संक्रिमतमध्ये ५६ हजार बढी पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ९४ हजार बढीमा काेरोना संक्रिय रहेको छ । तीमध्ये २ हजार ८१२ जनाकाे अवस्था भने गम्भीर रहेको छ ।
जर्मनीमा पनि कोरोना संक्रमित हुनेको संख्या १ लाख ७१ हजार नाघेकाे छ । मृत्यु हुनेको संख्या भने ७ हजार ५४९ पुगेको छ । अहिले जर्मनीमा २० हजार ४७५ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । संक्रमितमध्ये १ लाख ४३ हजार भने पूर्णरुपमा निको भइसकेका छन् । जर्मनीमा यति निको हुनु भनेको सुखद पक्ष हो ।
ब्राजिललाई पनि काेराेनाले निकै सताएकाे देखिन्छ । अहिलेसम्म त्यहाँ काेराेनाबाट संक्रमित हुनेकाे संख्या १ लाख ५६ हजार पुगेकाे छ भने काेराेनाका कारण मृत्यु हुेकाे संख्या १० हजार ६५६ पुगेकाे छ । संक्रमितमध्ये ६१ हजार ६८५ पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ ८ हजार ३ सयकाे अवस्था गम्भीर रहेकाे छ ।
टर्कीमा पनि काेराेना संक्रमित हुनेकाे संख्या एक लाख ३७ हजार नाघेकाे छ । अहिलेसम्म त्यहाँ ३ हजार७३९ जनाकाे मृत्यु भएकाे छ । संक्रमितमध्ये ८९ हजार ४८० भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ४३ हजारमा काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ११ सयकाे अवस्था गम्भीर रहेकाे छ ।
इरानमा टर्कीभन्दा कम संक्रमित भए पनि मृतककाे संख्या भने बढी रहेकाे छ । अहिलेसम्म इरानमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ६ हजार ५८९ पुगेकाे छ । अहिलेसम्म त्यहाँ १ लाख ६ हजार संक्रमित भएका छन् । संक्रमितमध्ये ८५ हजार ७४४ निकाे भएका छन् । अहिले त्यहाँ १४ हजारमा मात्रै काेराेना सक्रिय रहेकाे छ ।
कोरोनाको उद्गम स्थल चीनमा भने अहिले २०८ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७८ हजार ४६ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ८८७ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
कोरोनाभाइरस महामारीबाट अति प्रभावित युरोपेली देश स्पेन र इटालीमा पछिल्लो समय कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या निरन्तर घट्दै गएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता