नेपाली कांग्रेसका नेता तथा पूर्वराज्यमन्त्री वेनुपराज प्रसाईले गरे लगडाउन अवधीभरीको घरभाडा छुट

इलाम, २८ वैशाखः कोभिड १९ का कारण देश लकडाउन भएको धेरै लामो समय भए पछि व्यावसायिहरु मारमा परेको वेला इलामका नेपाली कांग्रेसका नेता तथा पूर्वराज्यमन्त्री वेनुपराज प्रसाईले लगडाउन अवधीभरीको घरभाडा छुट गर्ने भएका छन् । उनको घरमा सञ्चालित इलामकै  चर्चित होटल रेडरोज र फुलगाँछी होमस्टे सञ्चालित थिए । प्रसाईले मासिक एकलाख भन्दा वढी भाडा उठाउँदै आएका थिए । केहि दिन अघि माइपोखरी न्युजमा "इलामका पर्यटन तथा होटल व्यावसायि भन्छनः अव वास उठ्नेभयो" भन्ने समाचार आएसँगै प्रसाईले आफ्नो घरमा सञ्चालित व्यावसायिलाई भाडा छुट दिने निर्णय गरेका हुन ।
इलाममा सञ्चालित सयौँ यस्ता व्यावसायहरु अहिले धरामा परेका छन् । प्रसाईले भाडा छुटदिने जानकारी गाराउँदै व्यावसायनै नचलेपछि कसरी भाडा वुझाउँछन् । उनिहरुले कमाएरनै हामीलाई दिनेहुन उनीहरुको कमाई नभए पछि हामीले पनि कहाँबाट पाउने त्यही भएर मैले भाडा छुट गरेको हो । प्रसाईले भने राज्यले पनि व्यावसायीको लागि सोच्नु पर्छ घरवालाले भाडा छुट गरे पछि घरवालाको पनि केही हुन्न उनिहरुको लागि पनि राज्यले केही त गर्नु पर्ने हो । 
इलामा सञ्चालित अधिकांश पर्यटनसँग जोडीएका व्यवसाय अहिले धरापमा परेका छन् । नगरपालिकाले समेत आफ्ना व्यवसायिक सटरहरुमा २० प्रतिशत भाडा मात्र छुटदिएर झारोटार्ने मेलो गरेको व्यवसायिहरु आरोप लागउँछन् । इलाम नगरपालिकाको स्वामित्वमा रहेका भिन्न सटर तथा पर्यटकिय स्थलहरुमा नगरपालिकाले भाडा उठाउँदै आएको छ ।

याे पनि हेर्नुहाेस ः
 माइपोखरी न्युजमा "इलामका पर्यटन तथा होटल व्यावसायि भन्छनः अव वास उठ्नेभयो"
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता