लिपुलेक हाम्रो हो भन्दा इलाममा कांग्रेस जिल्ला सचिव खड्गी र नेविसंघ अध्यक्ष भट्टराई पक्राउ

इलाम २८ बैशाख ः नेपाली कांग्रेसका जिल्ला सचिव निरोज खड्गी र नेपाल बिद्यार्थी संघ इलामका अध्यक्ष प्रकाश भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ । भारतले लिपुलेकमा नेपाली भूमि मिचेर सडक निर्माण गरेकोप्रति बिरोध गर्न इलाम चोक बजारमा भेला भएका उहाँहरुलाई प्रहरीले पक्राउ गरेको हो । 
सचिव खड्गी  र कार्यबाहक भट्टराईलाई प्रहरीले पक्राउ गरेर गाडीमा राखेर जिल्ला प्रहरी कार्यालय लगेको छ ।
सार्वभौमिकता र अखण्डताको सम्मान गर्न र अतिक्रमणकारी कदम त्याग्न आग्रह गर्दै नेपाली कांग्रेस इलामले बिरोध गर्न भेला भएका मध्ये दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । लोकतन्त्रमा बोल्न  र बिरोध गर्न पाउने हक भए पनि इलाम प्रहरीले दिउशैबाट बाक्लो रुपमा प्रहरी परिचालन गरेर कार्यक्रममाथी हस्तक्षेप गरेको कांग्रेस कार्यत्रर्ताको आरोप छ । भेला भएका कांग्रेस कार्यकर्ताहरुले बोल्न पाउने हक समेत खोसेको भन्दै बिरोध गरेका छन् । नेपाली कांग्रेसका भातृ संंस्था तरुण दल र नेपाल बिद्यार्थी संघ इलामको सम्योजनमा बिरोध गर्न सुरु गरेको थियो । सामाजिक दुरी कायम गरेर गर्न लागिएको बिरोधको समेत हस्तक्षेप भएको तरुण दल इलामका अध्यक्ष नरेश श्रेष्ठको भनाई छ ।
भारतले नेपाली भूमि समेत समेटेर सार्वजनिक गरेको नक्सा खारेजी गर्नु पर्ने माग छ । त्यस्तै गएको वैशाख २६ गते भारतले नेपाली भूमि अतिक्रमण गरी बनाएको सडक सञ्चालन रोक्न पनि तत्काल कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराउने उदेश्यले कार्यक्रम गर्न लागिए पनि प्रहरीले बिरोध गरेको अध्यक्ष श्रेष्ठको भनाई छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता