कांग्रेस जिल्ला सचिव खड्गी र नेविसंघ अध्यक्ष भट्टराईलाई विना सर्त रिहा


इलाम २८ बैशाख ः नेपाली कांग्रेसका जिल्ला सचिव निरोज खड्गी र नेपाल बिद्यार्थी संघ इलामका अध्यक्ष प्रकाश भट्टराईलाई प्रहरीले पक्राउ गरेको २ घण्टा पनि नविति रिहाई गरेको छ । भारतले लिपुलेकमा नेपाली भूमि मिचेर सडक निर्माण गरेकोप्रति बिरोध गर्न इलाम चोक बजारमा भेला भएका उहाँहरुलाई प्रहरीले पक्राउ गरेको थियो  ।  
सचिव खड्गी  र कार्यबाहक भट्टराईलाई प्रहरीले पक्राउ गरेर गाडीमा राखेर जिल्ला प्रहरी कार्यालय लगेको थियो । पक्राउपरेका निरोज खड्गीले भने हामीलाई लग्यो र अहिले विना सर्त रिहा गरेको छ म घरमा आई सकेको छु । यता जिल्ला प्रहरी कार्यालयले भने लकडाउनको वेला सामाजिकदुरी कायम नगरेकाले पक्राउगरेको जानकारी गराएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता