सिक्किमस्थित सीमामा चिनियाँ र भारतीय सैनिकबीच झडप, ११ घाइते


काठमाडौं, २८ बैशाख । चीन र भारतको सीमामा खटिएका दुई देशका सैनिकबीच झडप भएको छ । सिक्किमस्थित सीमामा खटिएका भारतीय र चिनियाँ सैनिकबीच शनिबार झडप भएको हो ।
झडपका क्रममा ७ चिनियाँ र ४ भारतीय सैनिक घाइते भएका छन् । उत्तरी सिक्किमको नाकु ला क्षेत्रमा दुई देशका १५० भन्दा बढी सैनिकहरुबीच झडप भएको भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन् । ।
यस घटनाबारे दुवै देशले प्रतिकृया जनाएका छैनन् । यस विवादलाई स्थानीय स्तरमै वार्ता गरेर टुंग्याइएको एक सैनिक अधिकारीले बताएको समाचारमा उल्लेख गरिएको छ । यसअघि पनि सीमामा दुई देशका शैनिकबीच झडप हुँदै आएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता