कपिलवस्तुमा थप १० जनामा काेराेना संक्रमण पुष्टि , संक्रमितकाे संख्या १२०

काठमाडौं । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका  सह प्रवक्ता डा. समीर अधिकारीका अनुसार  नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का हुन् । उनीहरु १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु छन् । एक जना पुरुषको भने उमेर खुलेको छैन ।
उनीहरुकाे स्वास्थ्य सामान्य छ र सबै स्वास्थ्यकर्मीहरुको सम्पर्कमा छन् ।
प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता