इलामका पर्यटन तथा होटल व्यवसायी भन्छन् : अब बास उठ्ने भयो





इलाम २१ वैशाख । पूर्वको हरियाली तथा सुन्दर पर्यटकीय गन्तव्यको रुपमा चिनिएको इलाम यति वेला सुनसान छ । विश्व तथा नेपाल कोरोना भाइरस (कोभिड–१९) का कारण लकडानको अवस्थामा छ । इलाममा पनि यसको असर परेको छ ।
विशेष गरी वाह्रै महिना पर्यटकको चहलपहल रहने इलाम सुनसान भए पछि इलाममा सञ्चालमा आएका होटल तथा पर्यटन सम्वन्धी काम गर्ने व्यवसायीहरु यतिवेला अन्योलमा परेका छन् । महिनौ सम्म लकडाउन भए पछि मासिक लाखौं रुपैयाँ घरभाडामा लिएर व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीको वास उठ्ने डर भएको छ ।

इलामको वसपार्कमा होटल सञ्चालन गर्ने विजय राई भन्छन् ‘ सरकारले गल्ती ग¥यो पहिले वास्ता गरेन अहिले लकडाउन गरेर हामीलाई मारमापा¥यो , लाखौँ रुपैयाँमा घर भाडामा लिएर व्यवसाय गरिएको छ अव घरवालाले भाडा माग्न थाल्यो त व्यवसाय छैन कहाँ वाट तिर्ने । ’
इलाममा यसरी लाखौँमा भाडामा घर लिएर पर्यटन सम्वन्धी व्यवसाय सञ्चालन गर्नेहरु धेरै छन् । घरभाडामा लगाउनेले पनि वैंकबाट लाखौँ रुपैयाँ लोन लिएका छन् । घरघनीहरुलाई पनि नियमित किस्ता तिर्नुपर्ने वाध्यता पनि छ । वैंकहरुले आफुहरुलाई छुट नदिए पछि आफुहरुलाई कसरी छुट दिने भन्ने उनीहरुको तर्क छ ।
इलाममा यसरी भाडामा र वैंकको लोन लिएर सञ्चालन भएका व्यवसायको लागि केन्द्रीय सरकार र स्थानीय सरकारले मिलेर सुविधा दिनुपर्ने होटल एशोसिएशन इलामका अक्ष्यक्ष देवी पौडेलको भनाइ छ ।
इलामका अहिले विभिन्न पर्यटकीय स्थलहरुमा ठूलै लगानीमा होटलहरु सञ्चालमा आएका थिए । इलामको श्रीअन्तु, कन्याम, इलामबजार, राँकेबजार, सन्दकपुर, माइपोखरी लगायतका पर्यटकीय स्थलमा होटल तथा पर्यटनमुखी व्यवसायहरु सञ्चालनमा छन् ।
देशमा भएको लकडाउनले गर्दा इलामका व्यवसायीहरु मर्कामा परेको र यस्तो अवस्था लामो समय सम्म रहने हो भने गाँस वास नै उठने वताउँदै आएका छन् ।
पर्यटनसँग जोडिएका व्यावसायमा अहिले कुनै पनि आम्दानी नभएको अवस्था छ । यस्तो अवस्थामा निजी घर नहुनेहरुको वैंकको किस्ता तिर्न पैसा नभएको र भाडामा लिएर सञ्चालन भएका व्यवसायहरुमा घरधनीले वाराम्बार भाडा माग्ने गरेकोले पनि समस्यमा परेको वताउँछन् ।
यसको समाधानको लागि स्थानीय सरकार र केन्द्रीय सरकारले वेलैमा ध्यान नदिएमा इलामको पर्यटन व्यवसयमा ठूलो धक्का लाग्ने छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता