नेपालगञ्जमा पुनः ६ जना कोरोना संक्रमित थपिए, जम्मा संक्रमित ७५ पुग्यो


काठमाडौं, २१ बैशाख । नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ७५ पुगेको छ । आइतबारनै भेरी अस्पताल, नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षण अनुसार थप ६ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्ज ८ का १६, २१ र ३४ वर्षका पुरुष र ४०, ५५ र ६० वर्षीया महिलाहरुमा आइतबार नै कोरोना पुष्टि भएको हो ।
कोरोना पुष्टि भएकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको सवस्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता