विज्ञ भन्छन्- ‘परीक्षण नबढाउने हाे भने लकडाउनको कुनै अर्थ छैन’


काठमाडौँ, २२ वैशाख । भारतले लकडाउनको अवधि १५ दिन थपेसँगै नेपालमा पनि अहिलेकै जसरी लकडाउन थपिने वा स्वरूप परिवर्तन गरेर थप्ने भन्ने प्रश्न उब्जिएको छ । ह्याम्स अस्पतालमा कार्यरत डाक्टर किरण पाण्डे, संक्रामक रोग विशेषज्ञ अनुप सुवेदी, डाक्टर भगवान कोइराला तथा गणितज्ञ विशेष खनालले जारी महामारी र लकडाउनका सम्बन्धमा केन्द्रित रहेर अनुसन्धान प्रतिवेदन (प्रि–प्रिन्ट) तयार पारेका छन् ।
‘हामीले गरेको अंकगणितीय जोड–घटाउलाई मान्ने हो भने अरू केही कार्य नगरी एक महिना लकडाउन गर्ने हो भने अस्पतालहरूमा आउने चापलाई ३६ दिन पर धकेल्न सकिने रहेछ,’ जर्नल सहलेखन गरेका डा. सुवेदीले भने, ‘यस्तै दुई महिना लकडाउन गर्ने हो भने ७४ दिन पछि धकेल्न सकिने रहेछ । तर वार्षिक रूपमा हिसाब गर्दा मृत्यु हुनेको संख्यामा कुनै कमी आउने देखिँदैन ।’
उनका अनुसार लकडाउनका साथै सो समयमा भेटिएका संक्रमितको समुचित ढंगले कन्ट्रयाक ट्रेसिङ तथा धेरैभन्दा धेरै परीक्षण गर्न सकियो भनेचाहिँ त्यसले दीर्घकालीन रूपमै धेरै फरक पार्छ । ‘हामीकहाँ अहिले लकडाउनको अवधिलाई सदुपयोग गरेर जुन रूपमा परीक्षणहरू हुनुपथ्र्यो, त्यो भएको छैन । त्यसैले लकडाउन मात्रैले हामीलाई धेरै फाइदा गर्नेवाला छैन,’ उनले भने, ‘यसरी लकडाउन मात्रै गर्ने र परीक्षणमा जोड नदिने हो भने त सबै खोलिदिए हुन्छ ।’ याे खबर कान्तिपुर दैनिकमा छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता