नेपालमा कोरोनाको असर र समाधानमा गरिएका उपायहरु

विश्व कोरोना भाइरसको भयवाह अवस्थामा छ  । आज हरेक मानिसको मनभित्र त्रासको वातावरण सृजना भएको छ । कोभिड १९ अर्थात कोरोना भाइरस संक्रमण २०१९ को वर्तमान परिवेश हो। चीनको वुहानबाट ३१ डिसेम्बर २०१९ मा उत्पति भएर आज विश्वका २१२ राष्ट्रमा कोरोना फैलिसकेको कोरोनाले विश्वको अर्थतन्त्र नै ह्रास बनाइसकेको छ। यसबाट नेपाल पनि अछुतो हुन सकेको छैन्।
चैत ४ गते फान्सेली भूमिबाट नेपाल आएका एक नेपाली महिलामा पहिलो पल्ट कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस पश्चात नेपाल सरकार र नेपालीको विहान देखि बेलुकी सम्म कोरोना भाइरसको समकालीन गफमा दिनचर्या चलेको छ। चैत ११ मा नेपाल सरकारले लकडाउन ग¥यो। सम्पूर्ण विद्यालय बन्द गनु जिवनको फलामे डोका एस्इइ स्थागित गनुका साथै विश्वविद्यालयको परीक्षा तथा पढाई बन्द गदै कोरोना रोकथाममा नेपाल सरकार लागेको छ । आन्तारिक तथा बाह्य उडानलाई बन्द गरेको छ ।
भिजिड नेपाल २०२० लाई समेत नेपाल सरकारले स्थागित गरेको छ । अर्को तर्फ नेपाली राजनितिले चरम उतारचडाव बडेको छ । सत्ताधारी नेताहरुको भष्टचारको खेल विपक्षी नेताहरुको सरकार गिराउने खेल राहतको नाममा गरिएको अनैतिक प्रचारवाजीले नेपाली नेता तथा राजनैतिक दलको नैतिकतामा प्रश्न खडा उठेको छ।
सरकारले ढिलो चाँडो कोरोना नियान्त्रणको प्रयास गरिरहेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला वि पि कोइरला विज्ञान प्रतिष्ठान धरान, पोखरा, हेटौडा, जनकपुर, सुर्खेत, र धनगढी,  जस्ता प्रदेशका मुख्य शहरहरुमा कोरोनाको परीक्षण विस्तार गरेको छ । चाइनाबाट स्वास्थ्य परीक्षणको सामग्री झिकाएको सरकार आज विपक्षी दलको सवत्र आलोचनाको पात्र बनेको छ ।
नेपालमा ठूला तथा साना व्यापरीलाई पनि मुल्य वृद्धिको बाटो कोरोना भाइसरले खुलाएको छ । घरमा सामानको अभाव गरेको छ र जसको फलस्वरुप बजारमा मुल्य वृद्धिको भार विपन्न वर्गमा प¥यो ।
सरकार मौन छ ठिक केन्द्र छुट्याउने अवस्थामा सरकार छैन्। स्वास्थ्य ग्रहण गर्ने कुरामा पनि उच र निचको भेदभाव छलङ्ग  भयो राजनैतिक दलका ठूला क्षेत्रले घरमै अस्पताल समेत बनाएका छन् । महङगो र ठूला अस्पताल भने ढोका बन्द गरेर आफै क्वारेन्टाइमा बसेका छन् ।
नेपालमा कुल ७५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ जसमध्ये १६ जनालाई सफल उपचार गरेको छ अन्यको अवस्था सामान्य रहेको छ।
विश्वमा करिव ३५ लाख भन्दा वढीलाई संक्रमण भएको छ त्यस मध्ये २ लाख ४८ हजार भन्दा माथि मानिसको कोरोनाबाट मृत्यु भएको छ। ११ लाख ५७ हजार भन्दा माथि मानिस उपचार पछि घर फर्केका छन्।
विश्वका धनी र अत्याधुनिक उपकरणले भरिपूर्ण यूरोपेली मुलुकहरुको कोरोना भाइरसले घुँडा टेकाइ सकेको छ इटली, स्पेन, जमर्नी, संयुक्त राज्य अमेरिकालाई तहस नास पारेको छ ।
सुरुवातमा विभेदीय मानसिकता देखेपनि आजको दिन नेपालीहरु एकताबद्ध हुन थालेका छन्। महामारीले विछिन्न नेपाली एउटा छानामा बस्न बाध्यता भएको छ।
कालो, गोरो, धनी, गरिब, सबै एक जुट भएर आज कोरोना भाइरसको महामारीसंग लड्न जुटेको छ। विर गोर्खालीका सपूतहरु फुटेर होइन जुटेर लड्नु पर्छ भन्ने शिक्षाको विजारोपण भइसकेको छ। यससँगै नेपालमा चाडै यो कोरोनाको त्रास हटने छ।
कोरोनाबाट आफू पनि बचौँ र अरुलाई पनि बचाँउ

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता