पाँचथरको याङवरकका पुरुषमा कोरोना नभएको पुष्टि

फिदिम, २२ बैशाखः पाँचथरको याङवरक गाँउपालिका ६ का एक पुरुषमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । गणेश माध्यमिक बिद्यालयको क्वारेन्टाइनमा बसेका २४ बर्षिय पुरुषको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण नभएको पुष्टि भएको हो । 
काठमाण्डौबाट घर आएका ती पुरुषको आरडीटी पोजेटिभ देखिएपछि स्वाब परीक्षणका लागि बिराटनगर पठाइएको थियो । उनीसँगै क्वारेन्टाइनमा बसेका अन्यको पनि स्वबप परिक्षणबाट कोरोना नभएको पुष्टि भएको छ । 
 ‘हिजोमात्रै पाँचथरका २० जनाको स्वाब परीक्षण गरिएको हो,’ स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले भने ‘आरडीटी पोजेटिभ देखिएका पुरुष सहित सबैको पीसीआर नेगेटिभ देखिएको हो ।’ 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता