काठमाडौंमा लकडाउन तत्काल नखुलाउने उच्चस्तरीय समितिको निष्कर्ष, केही ठाउँ खुलाउने तयारी

काठमाडौं, २२ बैशाख । कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिको बैठकले तत्काल केन्द्रीय राजधानी काठमाडौंमा लकडाउन नखुलाउने निष्कर्ष निकालेको छ ।
सोमबार सिंहदरबारमा बसेको समिति बैठकले अवस्था र सुरक्षा सतर्कता अनुसार अन्य ठाउँलाई खुलाउने र कडा बनाउने तयारी भएपनि तत्काल काठमाडौंलाई भने ‘हाइरिस्क’मै राखिने निर्णय गरेको हो ।
लकडाउन खुकुलो बनाउनका लागि ठाउँको अवस्था हेरेर ग्रीन जोन, रेड जोन, यल्लो जोन गरी छुट्याइने जानकारी गराइएको छ ।
यसैबीच समिति बैठकले अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयलाई लकडाउनको मोडालिटी कस्तो बनाउने ? भन्ने विषयमा खाका तयार गर्न निर्देशन पनि दिएको छ । उक्त मन्त्रालयहरुले समितिमा भोलि खाका पेश गर्ने र सोही खाकाको आधारमा मन्त्रिपरिषद् बैठकमा पेश गरिने जानकारी गराइएको छ ।
सरकारले पछिल्लो पटक थप गरेको लकडाउनको अवधि बैशाख २५ गते सकिदैछ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता