मलेसियामा कोरोना संक्रमित नेपालीहरुको संख्या ९ पुग्यो


काठमाडौं, २२ बैशाख । मलेसियामा कोरोना संक्रमित नेपालीहरुको संख्या ९ पुगेको छ । मलेसियास्थित नेपाली दूतावासका अनुसार थप ६ जनामा कोरोना संक्रमण देखिएसँगै संक्रमित नेपालीहरुको संख्या ९ पुगेको हो ।
दूतावासका अनुसार त्यहाँ संक्रमित सबै पुरुष रहेका छन् । हाल उनीहरुको अवस्था सामान्य रहेको जानकारी गराइएको छ । संक्रमितमध्ये ३ जना निको भइसकेका छन्, भने बाँकी ६ जना उपचाररत छन् ।
वल्र्डोमिटर्सको ताजा अपडेट अनुसार हाल मलेसियामा कोरोना संक्रमितहरुको संख्या ६ हजार ३५३ पुगेको छ । जसमध्ये १ सय ५ को ज्यान गइसकेको छ । यसैबीच ४ हजार ४ सय ८४ जना निको भइसकेका छन् ।
हाल मलेसियामा १ हजार ७ सय ६४ वटा कोरोनाका केसहरु सक्रिय छन्, जसमध्ये पनि २८ वटा केसहरु गम्भीर छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता