कोरोना संक्रमितको अवस्था गम्भीर, दुई अस्पताल सिल

कोरोना संक्रमितको अवस्था गम्भीर, दुई अस्पताल सिल

बुटवल : गुल्मीका कोरोना संक्रमित शिक्षकको उपचार गराएका दुई अस्पताल सिल गरिएको छ। बुटवलको क्रिमसन अस्पताल र अर्घाखाची सन्धीखर्कको छाया पोलिक्लिनिकलाई सिल गरिएको हो।

कोरोना संक्रमित शिक्षक अर्घाखाचीमा समेत उपचार गरेर आएका थिए । उपचार गरेको अर्घाखाँचीको छाँया पोलिक्लिनीकलाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए। जेठ १ गते जण्डिस, ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उपचारको लागि सन्धिखर्कको छाया पोलिक्लिनीकमा चेक अप गराएर उपचार सम्भव नभएपछि  बुटबलको क्रिमसन अस्पतालमा छन्। उनको अहिले आइसियुमा उपचार भइरहेको छ । बुटवलको क्रिमशन अस्पताल पनि सिल गरिएको छ । उपचारमा संलग्न चिकित्सकहरुलाई क्वारेन्टाइनमा राखेर स्वाव परीक्षण हुनेछ। उनको अवस्था गम्भीर छ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता