५३ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३५७

बाँकेमा ४७ र गुल्मी, मोरङ, धनुषा, रौतहट, धादिङ र दाङका एक-एकजनामा कोरोना देखिएको हो


भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा बाँकेमा ४६ जना परुष र एक महिला गरी ४७ जना भेटिएका छन् । विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका एकजना पुरुष, भैरहवाको प्रयोगशालामा एक जना गुल्मीका पूरुष, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा धनुषा, रौतहट, धादिङ र दाङका चारजना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।
आज कोरोना देखिनेमा १८ देखि ४७ वर्षको उमेर समूहका रहेका छन् । सोमबार १७० जनाको नमुना संकलन गरी कोरोना परीक्षण भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।  पछिल्लो २४ घण्टामा कोरोना भाइसको आशंकामा ३ हजार ५५८ जनाको नमुना परीक्षण गरिएको जनाएको छ ।  
आज देशैभरका आइसोलेसनमा ४ सय १२ जना रहेका छन् जसमा काठमाडौ उपत्यकामा २६ जना रहेका भने उपत्यका बाहिर ३ सय ८६ जना रहेका मन्त्रालयले जनाएको छ ।
आज देशैभरका क्वारेन्टाईनमा २० हजार ९० जना रहेका छन् । 
हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या ३६ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता