नेपालमा पनि अंपुन चक्रवातको असर, पूर्वी क्षेत्र हुँदै मध्य भागसम्म असरः मौसमविद्

इलाम, ५ जेठः  जल तथा मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा देखिएको अंपुन नामको शक्तिशाली चक्रवातको असर नेपालसम्मै पर्ने भएकाले सतर्कता आपनाउन आग्रह गरेको छ ।
सोमबार दिउँवसो जापनिज भू उपग्रह हिमावारी ८ ले खिचेको अंपुन चक्रवातको तस्बिर ।
अहिले बंगालको खाडीको मध्य भागमा अंपुन नामको चक्रवात धेरै शक्तिशाली रुपमा विकसित हुँदै गएको र उक्त चक्रवात मंगलबार पूर्वी नेपाल प्रवेश गर्ने महाशाखाले उल्लेख गरेको छ ।
त्यसले पूर्वी नेपालको मौसममा बदली हुन सक्ने तथा त्यसपछिको २, ३ दिनसम्म देशैभरि बदली भई केहि स्थानमा वर्षा हुने देखिन्छ महाशाखाले अंपुन चक्रवातबारे अपडेट गर्दै भनेको छ, उच्च हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपात र एकरदुई स्थानमा भारी हिमपात समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन हुन अनुरोध छ ।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बंगालको खाडी हुँदै विकसित हुने क्रम बढिरहेकाले मंगलबार बेलुकीदेखि पूर्वी भागमा वर्षा हुने बताइन् । 'मध्य भागसम्म हल्का वर्षा र बदली हुने देखिन्छ' उनले  भनिन् ।
विगतमा पनि बंगालको खाडीमा उत्पन्न भएका चक्रवातको केही असर नेपालसम्म परेको थियो । चक्रवातको असर पश्चिम नेपालका भागमा भने पर्दैन ।

कसरी राखिन्छ चक्रवातको नामः
सन् १९५३ देखि एटलान्टिक ट्रोपिकल स्ट्रोम र नेसनल हुरिकेन सेन्टरले आँधी र चक्रवातको नामकरण गर्न थालेका हुन् । फानीको नामचाँहि बंगलादेशले प्रस्ताव गरेको हो ।
‘द इन्डिया मेटेरोलोजिकल डिपार्टमेन्ट’ले आठ देशहरू भारत, पाकिस्तान, बंगलादेश, म्यानमार, माल्दिभ्स, ओमान, श्रीलंका र थाइल्यान्डलाई चक्रवातको नाम राख्‍न सल्लाह दिएको थियो । त्यसअनुसार ती देशले आँधीका ६४ नाम प्रस्तुत गरेका थिए । आठैवटा देशले ८/८ वटा नाम प्रस्तुत गरेका थिए ।
जतिबेला अरेबियन सागर वा बंगालको खाडीमा आँधी वा चक्रवात आउँछ, त्यही सूचीबाट नाम राख्‍ने गरिएको छ । नाम पनि तीनै आठवटा देशको वर्णानुक्रमअनुसार पालैपालो राखिन्छ ।
‘हुदहुद’ पछि यो इलाकामा आउने आँधीको नाम पाकिस्तानले राखेको थियो । उसले हुदहुदपछि आएको आँधीको नाम ‘निलोफर’ राखेको थियो । त्यसपछि श्रीलंकाले ‘आशोबा’ र थाइल्यान्डले ‘कोमेन’ आँधी नामकरण गरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता