इलाम कन्यामकी सुस्मिताको दुबै मृगौलामा समस्या, सहयाेगकाे यचना

फिक्कलःइलामको सुर्योदय नगरपालिका ६ कन्याम निवासी २० बर्षीय सुस्मिता तामाङको दुबै मृर्गौलामा समस्या आएको छ । लाल बहादुरकी छोरी सुस्मिता ५ महिना पहिलाबाट बिराठनगरको नोबेल मेडिकल अस्पताल,घोपा अस्पतालमा उपचार गरेर निको नभएपछि अहिले उनको काठमाडौको  के एम सी अस्पतालमा उपचार भइरहेको सुस्मिताका बाबु लाल बहादुरले बताए ।
परिवारको आर्थिक अवस्था कमजोर भएकोले सबैलाई सहयोग गरिदिनको लागी परिवारले अपेक्षा गरेको छ । अहिले सम्म उपचारको क्रममा ४ लाख रुपैया खर्च भइसकेको बिरामीको दिदी सुस्मा तामाङले बताइन् । काठमाडौमा १५ दिन पहिलाबाट उनको उपचार भइरहेको छ । लकडाउन भएपनि सहयोग संकलन थोरै मात्रमा भइरहेको परिवारले जनाएको छ ।उपचारको लागी सबैल आर्थिके सहगोग गरिदिनको लागी वडाकार्यालयले सिफारीस गरेको वडाध्यक्ष शिव कुमार बस्नेतले बताए ।उनको देउमाइ नगरपालिका  ६ मा  बिबाह भएको हो ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता