कोरोना संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या २,५०,०५४ पुग्यो, ३६ लाख ३ हजार बढी संक्रमित


काठमाडौं, २२ बैशाख । कोभिड १९ नाम दिइएको प्राणघातक कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ५० हजार ५४ पुगेको छ । यसैबीच संक्रमितको संख्या ३६ लाख ३ हजार ८७४ जना पुगेको छ ।
वल्र्डोमिटर्सको ताजा अपडेट अनुसार हालसम्म संक्रमितहरुमध्ये ११ लाख ६९ हजार ४०५ जनाले कोरोनालाई जितिसकेका छन् । त्यस्तै, १४ लाख १९ हजार ४५९ वटा कोरोनाका केसहरु बन्द भइसकेका छन्, भने २१ लाख ८४ हजार ५१५ वटा कोरोनाका केसहरु सक्रिय छन् ।
यो समाचार तयार पार्दासम्म कोरोना संक्रमणका कारण सबै भन्दा बढी अमेरिकामा ६९ हजार ८ ले ज्यान गुमाइसकेका छन्, भने संक्रमितको संख्या ११ लाख ९४ हजार ४३४ पुगेको छ । यसैबीच १ लाख ७८ हजार ९३४जनाले कोरोनालाई जितिसकेका छन् ।
त्यस्तै, इटालीमा पनि ज्यान गुमाउनेको संख्या २९ हजार ७९ पुगेको छ । त्यस्तै, संक्रमितको संख्या २ लाख ११ हजार ९३८ पुगेको छ, भने निको हुनेहरुको संख्या ८२ हजार ८७९ पुगेको छ ।
यता स्पेनमा पनि ज्यान गुमाउनेको संख्या २५ हजार ४२८ पुगेको छ । २ लाख ४८ हजार ३०१ संक्रमित पुगेका छन् । यसैबीच १ लाख ५१ हजार ६३३ जना निको भइसकेका छन् ।
यसैक्रममा यूकेमा पनि ज्यान गुमाउनेको संख्या २८ हजार ७३४ पुगेको छ । संक्रमितको संख्या १ लाख ९० हजार ५८४ जना पुगेको छ ।
यता फ्रान्समा २४ हजार ८९५ ले ज्यान गुमाएका छन्, भने १ लाख ६८ हजार ६९३ जना संक्रमित पुगेका छन् । जसमध्ये ५० हजार ७८४ जना निको भइसकेका छन् ।
त्यस्तै, जर्मनी, टर्की, रसिया, इरान, ब्राजिल, चीन, क्यानाडा, बेल्जियम, नेदरल्याण्ड्स, पोर्चुगललगायतका मुलुकहरुमा पनि हजारौंले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन्, भने लाखौं संक्रमित भएका छन् ।
हालसम्म नेपालमा पनि संक्रमितहरुको संख्या ७५ जना पुगिसकेको छ । जसमध्ये १६ जना निको भइसकेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता