नेपालगञ्जमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८२ पुग्यो


काठमाडौं, २३ बैशाख । नेपालमा थप ७ जनामा कोभिड १९ आर्थात कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा नेपालगञ्जको प्रयोगशालामा गरिएको परिक्षणमा ७ जनामा नयाँ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसको नयाँ संक्रमितहरुमा एक बालिकासमेत रहेकी छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालगञ्ज उपमहानगरपालिका ८ का ३ जना २२, ३० र ४० वर्षका पुरुष रहेका छन् ।
त्यस्तैगरी सोही स्थानका ९ वर्षीया वालिका, ३२, ३४ र ५५ वर्षीया महिलाहरु रहेका छन् । याेसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि नेपालमा ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । आइतबार मात्रै वीरगञ्जमा १ जना र नेपालगञ्जमा १५ जनामा कोरोना संक्रमित भेटिएका थिए । संक्रमितको संख्या बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
कुल कोरोना संक्रमित ८२ मध्ये प्रदेश १ मा मात्रै ३१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाले जनाएको छ । प्रदेश ५ मा २३ र प्रदेश २ मा १३ जनामा संक्रमण देखिएको छ । यस्तै, बागमती प्रदेशमा सात र सुदूरपश्चिममा पाँचजना संक्रमित रहेको छ ।
संक्रमितमध्ये ६२ पुरुष र २० जना महिला रहेका छन् । जसमा १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ६६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । हाल सबैभन्दा बढी विराटनगरस्थित कोसी अस्पतालमा ३१ जनाको उपचार भइरहेको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको छ । पछिल्लो पटक थपिएको लकडाउनको म्याद यही वैशाख २५ गतेसम्म छ ।
This image has an empty alt attribute; its file name is 96358874_162475918526935_5679339575961452544_n.jpg


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता