काेराेनाका कारण भारतमा एकैदिन १ सय ७५ काे मृत्यु, ४ हजार संक्रमित


काठमाडाैं, २३ वैशाख । कोरोना भाइरसको संक्रमणले दक्षिणी छिमेकी राष्ट्र भारतको स्थिति पनि भयावह बन्दै गएको छ । भारतमा हरेक दिन मृत्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएको पाइन्छ ।
विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार भारतमा मंगलबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या १ हजार ५ सय ६६ पुगेकाे छ भने संक्रमितकाे संख्या ४६ हजार ४ सय ३७ पुगेकाे छ । यसैबीच १२ हजार ८ सय ४७ जनाले भने कोरोना जितेर घर फर्किइसकेका छन् ।
पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ९ सय ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने १ सय ७५ जनाको मृत्यु भएको छ । भारतमा साेमबार बिहनसम्म मृत्यु हुनेकाे संख्या १ हजार ३ सय ९१  थियाे भने संक्रमित संख्या ४२ हजार ५ सय ५  थियाे ।
भारतको लोकपाल सभाका न्यायिक सदस्य अजय कुमार त्रिपाठीको कोरोना भाइरस संक्रमणकै कारण मृत्यु भएको जनाइएको छ ।
काेराेनाकाे संक्रमण बढ्दै गएपछि भारतीय सरकाले मे १७ {जेठ ४} सम्म लकडाउन गरेकाे छ । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा २१ दिनको लागि लगाइएको थियो । पुन: १५ अप्रिलमा दोस्रो चरणको लकडाउन थपिएको थियो । दोस्रो चरणको लकडाउन अाइतबार सकिएकाे थियाे ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता