विष्फोटक पदार्थ सहित बिप्लव समूहका इलाम इन्चार्ज र कार्यकर्ता माइ नगरपालिकाबाट पक्राउ

इलाम, २३ वैशाखः  इलामको माई नगरपालिका–९ बोरुङबाट नेत्र विक्रम चन्द (विप्लब) नेतृत्वका ३ जना कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा पक्राउ पर्नेमा संखुवासभा घर भएका इलाम जिल्ला इन्चार्ज पुष्प कोइराला, ताप्लेजुङ लिकुखोला घर भएका जनम भनिने २४ बर्षिय पासाङ शेर्पा र उदयपुरका सौरभ भनिने १९ बर्षिय पासाङ तामाङ रहेका छन् । उनीहरुलाई नेपाल प्रहरीको विशेष सुराकीका आधार शसस्त्र प्रहरीसहितको टोलीले सोमबार राती ११ बजे पक्राउ गरेको हो । विष्फोटक पदार्थ र त्यसका लागि प्रयोग हुने सामाग्री सहित पक्राउ गरेको हो ।
उनीहरुको साथबाट विष्फोटक पदार्थ डिटोनेटर १९ थान, प्रेसरकुकर बम १ थान, ग्रिनेड १ थान, टुकि बम १ थान, पाइपमा फिट गरिएको बम १ थान, डेथ कड ६७ फिट, बम बिष्फोटमा प्रयोग हुने मिटर र रिमोट ४ थान, विभिन्न प्रकारका बिष्फोटक पदार्थ, चक्कु तथा दस्तावेजहरु फेला पारिएको छ । पक्राउ परेका तिनै जनालाई अहिले जिल्ला प्रहरी कार्यालय इलाम इलामका प्रहरी उपरिक्षक हिराबहादुर पाण्डेले जानकारी दिए ।
यता माइ नगरपालिका स्थानीय भने त्रसित भएका छन् ।  वेलुक ६ वजे तिर विप्लब कार्यक्रता गाउँ पसेको हल्ला आए पनि सामन्य जस्तो लागेको तर राती ११ वजे एक्कसी गोली चलेपछि भने डर लागेको वताउँछन् । द्वन्दकालमा समेत गोली नचलेको ठाउँमा गोली गलेको त्यही पनि देश लकडाउनमा रहेको वेला यस्तो हुँदा त्रास भएको स्थानीयको भनाई छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता