कोभिड-१९ : अमेरिकामा ८८ हजारकाे ज्यान गयाे, संक्रमित संख्या १४ लाख ८४ हजार !


काठमाडौँ, ३ जेठ । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) का कारण दैनिक मृत्यु हुनेको संख्यामा अझै कमी अाउन सकेन । गत आइतबार पहिलोपटक डेढ महिना (मार्च ३० देखि) यताकै कम दैनिक मृत्यु देखिएकाेमा त्यसयता फेरि याे संख्यामा वृद्धि भएकाे छ ।
शुक्रबार त्यहाँ एक दिनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ५९५ रहेकाे छ भने २६ हजार ६९२ नयाँ संक्रमित थपिएका छन् । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या १४ लाख ८४ हजार २८५ पुगेको छ ।
यसैगरी कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा हालसम्म ८८ हजार ५०७ जनाको ज्यान गइसकेको छ । ३ लाख २६ हजारभन्दा बढी बिरामी भने पूर्ण रुपमा निको समेत भइसकेका छन् ।
बिहीबार त्यहाँ एकैदिनमा २७ हजार २४६ नयाँ संक्रिमत थपिएका थिए । बुधबार भने त्यहाँ कोरोना संक्रमणका २१ हजार ७११ नयाँ संक्रमित थपिएका थिए । यसैगरी बिहीबार दैनिक मृत्यु संख्या १ हजार ७१५ रहेकाे थियाे भने बुधबार पनि १ हजार ७७२ काे ज्यान गएकाे थियाे ।
सबैभन्दा बढी प्रभावित अमेरिकी राज्य न्यूयोर्कमा पनि गत आइतबार कोरोनाबाट हुने दैनिक मृत्युका घटनामा निकै कमी आएको थियाे । आइतबार त्यहाँ कोरोनाका कारण ४१ जनाको मात्र ज्यान गएको थियाे भने १ हजार ९९७ नयाँ संक्रमित फेला परेका छन् ।
तर साेमबारदेखि फेरि न्युयाेर्कमा दैनिक मृत्यु संख्या १ सयभन्दा माथि २ सयभन्दा तल रहिअाएाके छ । शुक्रबार त्यहाँ एकैदिनमा १४८ ले ज्यान गुमाएका छन् । नयाँ संक्रमित पनि २ हजार ९२० थपिएका छन् ।
कोरोनाका कारण अहिलेसम्म न्युयोर्कमा मात्रै २७ हजार ५७४ को ज्यान गइसकेको छ । अर्को बढी प्रभावित राज्य न्युजर्सीमा पनि कोरोनाका कारण १० हजार १५० ले ज्यान गुमाएका छन् । त्यहाँ शुक्रबार एकै दिनमा २०४ काे ज्यान गएकाे छ ।
बढी प्रभावित १५ राज्यको पछिल्लो अवस्था-
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता