आज थप १७० जनामा कोरोना ,संक्रमितको संख्या १२१२

आज थप १७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले आज थप  १७० जनामा कोरोना संक्रमण देखिएको बताए ।  उनले कुल कोरोना संक्रमितको संख्या एक हजार २१२ पुगेको बताए ।


आज कोरोना देखिनेमा १६५ जना पुरुष र ५ जना महिला रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोना भाइरसको आशंकामा पीसीआर विधिबाट ६४ हजाार १५४ वटा नमुना परीक्षण गरिएको उनले जानकारी दिए ।

आरडीटी परीक्षण १ लाख ५ हजार ७६ वटा परीक्षण गरिएको उनले बताए । मन्त्रालयका अनुसार ५२ जिल्लामा कोरोन देखिएको छ

प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता