झापा कचनाकवलका २३ बर्षका पुरुषमा संक्रमण


इलाम , ५ वैशाख । प्रदेश १ मा सोमबार फेरि अर्को एक जना कोरोना संक्रमित थपिएका छन् । योसंगै एकै दिन प्रदेश एकमा २ जना कोरोना संक्रमित थपिएका छन् ।
मोरङको रतुवामाई नगरपालिकाका २४ बर्षका पुरुष र झापा कचनाकवलका २३ बर्षका पुरुषमा संक्रमण देखिएको कोभिड १९ अस्पताल कोरोना उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर वस्नेतले जानकारी दिनुभयो ।
यसै गरि जिल्ला अस्पताल धनकुटामा कार्यरत नर्समा कोरोना पोजेटिभ रिपोर्ट आएपछि सोमबार कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको छ ।
जिल्ला अस्पतालमा कार्यरत ३४ वर्षीय स्वास्थ्यकर्मीमा आइतबार साँझ कोरोना संक्रमण पुष्टि भएको थियो । उनी संक्रमण पुष्टि भएपछि ५ वर्षीय छोरा लिएर सोमबार कोभिड अस्पताल विराटनगर आएकी थिइन ।
आमा छोरा डेरामा वस्दै आएकाले दुवैजनालाई कोभिड अस्पताल ल्याईएको थियो । अस्पतालमा आमा छोरा नै आइपुगेपछि ५ वर्षीय छोराको कोरोना परीक्षण गरिएको थियो ।
कोरोना परीक्षणमा छोराको रिपोर्ट नेगेटिभ आएको थियो । रिपोर्ट नेगेटिभ आएपछि मोरंगमा कार्यरत संक्रमितका श्रीमानलाई छोरा जिम्मा अधिकृत वस्नेतले जानकारी दिनुभयो ।
छोरालाई होमक्वारेन्टाईनमा राख्न भनिएको उहाँले बताउनुभयो । जनस्वास्थ्य अधिकृत वस्नेतका अनुसार कोभिड अस्पतालमा उपचाररतको संख्या २३ रहेको छ ।
सोमबार झापाका एक जना संक्रमितको डिस्चार्ज गरे संगै डिस्र्चाज हुनेको संख्या १८ पुगेको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ ।
कोरोना संक्रमण देखापरेका दुवै जना संक्रमितलाई कोभिड अस्पताल ल्याउने तयारी भईरहेको जनस्वास्थ्य अधिकृत बस्नेतले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता