फेरि १८ संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या ३ सय ७५ पुग्यो


काठमाडौं, ५ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या थपिने क्रम सोमबार तीब्र बनेको छ । सोमबार राति मात्र पुनः १८ संक्रमित थपिएका छन ।

विहान मात्र ९ संक्रमित थपिएको नेपालमा दिउँसो पुनः ५३ संक्रमित थपिएका थिए भने राति पुनः १८ थपिदा संक्रमितको संख्या ३ सय ७५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके नरैनपुरका १२, धनुषाका २ , खोटाङ हलेसीका एक , दैलेख आठबीसका एक सुनसरीका १ र झापाका १ जना छन् । संक्रमित सबै पुरुष भएको पनि मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता