इलामको शान्तिडाँडामा छोरीले गरिन बुबाको हत्या

इलाम ६ जेठः इलाममा गएराती एक युवतीले आफ्नै बुबाको हत्या गरेकी छन् । इलाम देउमाई नगरपालिका ६ शान्तिडाँडाकी शुस्मा राईले बुबा फुलबहादुर राइको हत्या गरेकी हुन् । 
साविक शान्तिडाँडा २ गोरेडाँडा निवासी ५२ बर्षिय बुबा फुलबहादुरको करिब २५ वर्षय छोरी शुस्मा बिच झगडा भइरहने गरेको स्थानीय बासीको भनाई उदृद गर्दै इलाका प्रहरी कार्यालय मंगलबारेका इनिस्पेक्टर राजकिशोर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार रातको समयमा झगडा हुँदा छोरीले नै हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 
घरमा जेठी छोरी सुस्मा साथै उनका बुबा र आमा मात्र रहेको अवस्थामा राती खाना खाइसकेपछि पनि झगडा भएको थियो । फुलबहादुरको टाउकोमा चोट देखिएको छ । टाउकोमा चिर्पट प्रहार गरेर हत्या गरेको हुनसक्ने बताईको छ । ‘गहिरो चोट नदेखिएका कारण धारिलो हत्यार प्रयोग नभएको हो कि जस्तो छ, अनुसन्धान भइरहेको छ ।’ इनिस्पेक्टर शाहले भन्नुभयो । कान्छी छोरी र ज्वाई समेत शान्तिडाँडा घरमा आएको  र हिजो दिउशै पनि झगडा भएपछि गाउँमा सुत्न गएको बताइएको छ । 
छोरी शुस्मा बेलुकैबाट फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ । घट्ना स्थलमा प्रहरी पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता