३ दिन देशभर मेघगर्जन, चट्याङ र हुरीबताससहित पानी पर्ने सम्भावना, सतर्कता हुन अनुरोध


काठमाडाैं, २१ वैशाख । अबको तीन दिन देशभरी मेघगर्जन, चट्याङ र हुरीबताससहित पानी पर्ने सम्भावना रहेकाे छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विशेष बुलेटिन जारी गर्दै आज (आइतबार) देखि मंगलबारसम्म देशभरी मेघगर्जन, चट्याङ र हुरीबताससहित पानीपर्ने सम्भावना रहेकाे जनाएकाे छ ।
महाशाखाका अनुसार अहिले देशमा पश्चिमि वायुको प्रभाव, स्थानीय वायु तथा पूर्वी भू-भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ ।
आज {आइतबार} देशका सबै भेगमा हावाहुरी र चट्याङसहित असिना पानी पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेकाे छ- ‘देशका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ र असिना सहित वर्षाको सम्भावना रहेकाे छ । पश्चिमी र पुर्वी तराईमा हावाहुरीको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’
आज राति देशको अधिकांश भू-भागमा सामान्य बदली रही पश्चिमी र मध्य भूभागका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ । पूर्वी भू-भागका थोरै स्थानहरुमा असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
भाेलि {साेमबार} देशको अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली हुने र देशका पूर्वी तथा मध्य भूभागका धेरै स्थानहरुमा र पश्चिमी भू-भागमा केहि स्थानहरूमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
साेमबार राति पनि पश्चिमी र मध्य भूभागका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
पर्सी {मंगलबार} देशको अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रहने र देशका केहि स्थानहरूमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
मंगलबार राति भने पश्चिमी र पूर्वी भूभागका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ । त्यस्तै मध्य भू-भागका थोरै स्थानहरु पनि वर्षाकाे सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता