भारतकाे झुलाघाट नाकाबाट उद्धार गरिएका एक जनाकाे बाटाेमै मृत्यु


बैतडी, २० वैशाख । भारतसँगकाे सीमा-नाका झुलाघाटबाट बिहीबार उद्धार गरिएका एक नेपालीको मृत्यु भएको छ ।
बैतडीको पुर्चाैंडी नगरपालिका वडा नं ६ का ६७ वर्षीय जुने लुहारको क्वारेन्टाइन जाँदै गर्दा मृत्यु भएको हो । बिहीबार साँझ उद्धार गरिएका लुहारको शनिबार बिहान घर पुग्दा बाटोमै मृत्यु भएको वडा नं ६ का वडा अध्यक्ष जगी साउँदले जानकारी दिनुभयो ।
बिहीबार साँझ दशरथचन्द नगरपालिकाको बाराकोट विद्यालयको क्वारेन्टाइनमा राखिएकोमा शुक्रबार पुर्चाैंडी नगरपालिकाले उनीहरुलाई पुर्चाैंडीकै क्वारेन्टाइनमा राख्नका लागि ल्याएको वडा अध्यक्ष साउँदले बताउनुभयो ।
शुक्रबार क्वारेन्टाइनमा हिँडेरै जानुपर्ने भएकाले क्वारेन्टाइनमा जाँदै गर्दा बाटोमा नै उनकाे मृत्यु भएको थियो ।
मृतक लुहार गत माघमा उपचारका लागि भन्दै भारतको पिथौरागढ गएका थिए । उनकाे मृत्युकाे कारण खुल्न सकेकाे छैन । यद्यपि कोरोना परीक्षणको लागि स्वाब संकलन गरिने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी डिल्ली नारायण पाण्डेयले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता