कोभिड-१९ : अमेरिकामा एकै दिन ३६ हजार नयाँ संक्रमित थपिए, ज्यान गुमाउनेको संख्या ६५ हजार नाघ्यो


काठमाडौँ, १८ वैशाख । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण दर फेरि उकालाे लागेकाे छ । अघिल्ला केही दिनहरुमा दैनिक नयाँ संक्रमितकाे संख्यामा कमी आएको भए शुक्रबार फेरि यो संख्या बढेको छ ।
शुक्रबार मात्र अमेरिकामा कोरोनाका ३६ हजारभन्दा बढी नयाँ संक्रिमत फेला परेका छन् । वर्ल्डोमिटर्सको तथ्यांकअनुसार त्यहाँ बिहीबार ३० हजार ८२९ नयाँ संक्रमित थपिएका थिए । यसअघि अप्रिल २७ मा मार्च ३० यताकै सबैभन्दा कम २३ हजार १९६ नयाँ संक्रमित भेटिएका थिए । तर पछिल्ला दिनहरूमा फेरि दैनिक संक्रमित संख्या बढ्दै गएकाे छ ।
अमेरिकामा काेराेना संक्रमणका कारणा शुक्रबार मात्र १ हजार ८९७ जनाकाे ज्यान गएकाे छ । याे संख्या पछिल्ला ४ दिनयताकै कम हाे । बिहीबार त्यहाँ २ हजार २०१ काे मृत्यु भएकाे थियो ।
अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण अहिलेसम्म ६५ हजार ७५३ को ज्यान गइसकेको छ । त्यहाँ कुल संक्रमित संख्या ११ लाख ३१ हजार नाघेकाे छ । साथै १ लाख ६१ हजार ५६३ जना भने पूर्ण रुपमा निको समेत भइसकेका छन् ।
सबैभन्दा बढी प्रभावित अमेरिकी राज्य न्यूयोर्कमा भने पछिल्ला केही दिनमा कोरोना संक्रमणका घटना र दैनिक मृत्युमा कमी देखिएको छ । त्यहाँ पछिल्लाे २४ घण्टामा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या हालसम्मकै सबैभन्दा कम २८९ रहेकाे छ । त्यहाँ शुक्रबार ४ हजार ३८३ नयाँ बिरामी थपिएका छन् । यससँगै न्यूयाेर्कमा मात्रै काेराेना संक्रमित ३ लाख १५ हजार २२२ पुगेका छन् भने २४ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्
अर्काे बढी प्रभावित राज्य न्यूजर्सीमा पनि काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ७ हजार ५३८ पुगेकाे छ । त्यहाँ एकैदिनमा शुक्रबार एकै दिनमा ३१० काे मृत्यु भयाे भने २ हजार ५३८ नयाँ संक्रमित थपिए ।
सबैभन्दा बढी प्रभावित १५ राज्यको पछिल्लो अवस्था-
स्राेतः वर्ल्डाेमिटर्स
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता