थप ९ जनामा कोरोना संक्रण देखिए सँगै नेपालमा संक्रमितको संख्या ३ सय ४ पुग्यो

इलाम, ५ जेठः नेपालमा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टी भए सँगै कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती मार्फत दिएको जानकारी आनुसार रौतहड इशनाथ नगरपालिका २, ३, ६ र ९ निवसी २१, २१, २३, २५, २५, २९, ३० वर्षिय पुरुषमा माधवनारण गाउँपालिका ३ निवासी २८ वर्षिय महिला र बारा कराइमाई ५ निवासी ३८ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको जनाएको छ । उनीहरु सवैको स्वस्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगारानीमा रहेको पनि जनाएको छ । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता