पीसीआर विधिबाट परीक्षणको दायर तीब्र बनाइयो : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय


काठमाडौं, २७ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर विधिबाट परीक्षणको दायरा बढाइएको जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले संक्रमित भेटिएका जिल्लाहरुमा र अन्य जिल्लाहरुमा पीसीआर विधिबाट परीक्षणको दायरा बढाइएको बताउनु भएको हो ।
उहाँले संक्रमित भेटिएका जिल्लाहरुमा पछिल्लो पटक परिचालन गरिएको टोलीले हालसम्म ४ सय बढीको पीसीआर विधिबाट परीक्षण गरिसकेको जानकारी दिदै अहिले पीसीआर परीक्षणको लागि किट पनि ५० हजार थान नेपाल सरकारसंग रहेको बताउनुभयो ।
उहाँले लकडाउनकाबीच पनि अत्यावश्यक सेवाहरु सञ्चालनमा आएको र अन्य सेवाहरु पनि सुरु हुने अवस्थामा रहेको बताउदै सामाजिक दूरी कायम गरी आवश्यक सामग्री खरिदमा सामेल हुन सबैलाई आग्रह समेत गर्नुभयो ।
प्रवक्ता डाक्टर देवकोटाले नेपालमा हालसम्म पीसीआर विधिबाट १६ हजार ३ सय ९ र आरडीटी विधिबाट ५५ हजार ९ सय ३० जनाको परीक्षण सम्पन्न भइसकेको जानकारी पनि दिनुभयो ।
हाल आइसोलेसनमा १ सय ४३ जना रहेको र क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ५ सय ९२ रनेको पनि उहाँको भनाइ थियो । रेडजोनमा ३ सय ४० जना रहेको र उनीहरुको परीक्षण एवं निगरानी पनि भइरहेको प्रवक्ता देवकोटोले जानकारी दिनुभयो ।
संक्रमितको कुल संख्या १ सय ९ रहेको र संक्रमितमा ७८ पुरुष र ३१ महिला रहेको पनि देवकोटाले बताउनुभयो । संक्रमित मध्ये हाल ३१ जना डिस्चार्ज भइसकेको पनि जानकारी पनि उहाँले दिनुभयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता