खोलामा एक युवती मृत अवस्थामा फेला


पाल्पा, १९ वैशाख । तिनाउ गाउँपालिका वडा नं. ३ स्थित तिनाउ खोलाको ड्याम साइडमा एक जना युवती शुक्रबार दिउँशो मृत अवस्थामा फेला परेकी छिन् ।
रुपन्देही जिल्ला शुद्दोदन गाउँपालिका वडा नं. ४ की २३ वर्षीय सिर्जना खनाल तिनाउ खोलाको ड्यामसाइडमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
ती युवतीको के कारणले मृत्यु भएको हो भन्ने बारेमा अझैँ थाहा हुन सकेको छैन । प्रहरीले मृतकको बारेमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैँयाले जानकारी दिनुभएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता