भारत सरकारद्वारा लकडाउन पुनः दुई साता थप, अलपत्रको उद्दारका लागि रेल सेवा भने सुरु


नयाँ दिल्ली, १९ बैशाख । भारत सरकारले लकडाउन पुनः दुई साताका लागि लम्ब्याएको छ ।
लकडाउनको अवधिमा पनि कोरोना भाइरसको संक्रमण फैलन क्रम तीब्र बनेपछि भारतको गृह मन्त्रालयले आगामी मे ४ (बैशाख २२) देखि लागू हुने दुई साताका लागि लकडाउन थप गरेको हो ।
भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा २१ दिनको लागि लगाइएको थियो । पुन १५ अप्रिलमा दोस्रो चरणको लकडाउन थपिएको थियो । दोस्रो चरणको लकडाउन मे ३ (बैशाख २१) मा सकिदै थियो ।
गत सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीले प्रदेशका मुख्यमन्त्रीहरुसंग गरेको छलफलमा पनि लकडाउन लम्ब्याउन मुख्यमन्त्रीहरुले सुझाव दिएका थिए ।
तर लकडाउनका कारण विभिन्न ठाउँमा अलपत्र परेकाहरुलाई गन्तव्यसम्म पुर्याउन रेल सेवा भने भारतमा सुरु गरिएको छ ।
भारत सरकारले विभिन्न राज्यमा अलपत्र परेका आप्रवासी कामदारी, तीर्थयात्री, विद्यार्थी र पर्यटकहरुलाई लक्षित गर्दै विशेष रेल ‘श्रमिक ट्रेन’ सञ्चालन गरेको हो । शुक्रबार साँझ नै ६ वटा रेल यही प्रयोजनका लागि सञ्चालनमा ल्याइएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता