शंकास्पद विरामीहरुको स्वाँब परीक्षण गर्न विराटनगरमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापना


विराटनगर, १९ बैशाख । प्रदेश नं. १ मा कोभिड नाइन्टीनको शंकास्पद विरामीहरुको स्वाँब परीक्षण गर्न विराटनगरमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएको छ ।
यसअघि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगर कै कोशी अस्पतालमा स्वाँब परीक्षण हुदै आएको थियो । पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा स्थापना गरिएको सो कोभिड नाइन्टीन परीक्षण केन्द्रको स्थापना पछि कोरोना भाईरसको शंकास्पद विरामीहरु खोज्न सजिलो हुने प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो ।
पीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दैनिक १ सय वटा स्वाँब परीक्षण हुँदै आएको छ भने कोशी अस्पतालको प्रयोगशालामा पनि दैनिक १ सय वटाको स्वाँब परीक्षण हुने गरेको छ ।
सामाजिक विकास मन्त्रालयले स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा थप १ सय वटा स्वाँब परीक्षण गर्न सकिने भएकाले प्रदेशका शंकास्पद विरामीहरुको परीक्षणमा सहयोग पुग्ने तथा ट्रयाकिङ र ट्रिटमेण्ट गर्न सजिलो हुने बताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता