मार्च १ पछि कोरोना सङ्क्रमणका कारण दर्जनौं पत्रकारको ज्यान गयो

जेनेभा, १९ बैशाख । गत दुई महिनामा कोरोनाभाइरस (कोभिड-१९) बाट दर्जनौं पत्रकारको ज्यान गएको एक प्रेस स्वतन्त्रताका लागि सक्रिय संगठनले शुक्रवार बताएको छ ।
सञ्चारकर्मीहरूलाई प्रायः महामारीको समाचार सङ्कलनका लागि जाँदा उचित संरक्षणको अभाव रहेको उक्त अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले जानकारी गराएको छ ।
आगामी आइतबार परेको विश्व प्रेस स्वतन्त्रता दिवसको अगाडि प्रेस अभियान (पीईसी) ले धेरै पत्रकारहरूले आफ्नो जीवनको पर्वाह नगरी समाचार सङ्कलन गर्नुपर्दा यसबाट ठूलो सङ्ख्यामा पत्रकार सङ्क्रमित हुनु परेको बताएको छ ।
पीईसीका अनुसार मार्च १ पछि ज्यान गुमाएका विश्वका विभिन्न २३ मुलुकका ५५ सञ्चारकर्मीमा सङ्क्रमण भेटिएको छ । यद्यपि उनीहरुको कामकै शिलशिलामा सङ्क्रमण भएको पुष्टि भने नभएको पीईसीले जनाएको छ ।
“पत्रकारहरूले समाचार सङ्कलनका क्रममा अस्पतालमा जाँदा, वा डाक्टर, नर्स, राजनीतिक नेता, विशेषज्ञ, वैज्ञानिक, बिरामीहरूसँग अन्तर्वार्ता लिनुपर्दा उनीहरूलाई यस विश्वव्यापी महामारीका समय ठूलो जोखिम रहेको छ,” पीईसीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
प्रकोपको शुरूमा कैयौँ देशहरुमा सामाजिक तथा शारीरिक दूरी कायम गर्ने, क्वारेन्टाइनमा बस्ने र मास्क लगाउने निर्देशनजस्तो ‘अनिवार्य सुरक्षात्मक उपाय’ लागू हुन नसकेको विज्ञप्तीमा बताइएको छ ।
पीईसीले भनेको छ, “यसरी पत्रकार बढी प्रभावित बन्ने मुलुकमा इक्वेडर अग्रस्थानमा रहेको छ । यहाँ कम्तीमा नौ जना पत्रकार भाइरसको सिकार बन्न पुगेका छन् । त्यस्तै संयुक्त राज्य अमेरिकामा आठ, ब्राजिलमा चार, बेलायतमा र स्पेनमा क्रमशः तीन जना मृत पत्रकारमा सङ्क्रमणको पुष्टि भएको थियो । ”
विश्वव्यापी रूपमा सङ्क्रमित ३२ लाखभन्दा बढीमा सङ्क्रमित बनेको र दुई लाख ३० हजारभन्दा बढी व्यक्तिको ज्यान गएको यस महामारीलाई लेख्ने कतिपय मुलुकका सञ्चारमाध्यम नै प्रशासनको तारो बन्ने गरेको संयुक्त राष्ट्रसंघका चेतावनीहरूलाई उल्लेख गर्दै यस संस्थाले बताएको छ ।
“सेन्सरशिप, इन्टरनेट बन्द, मनमानीरूपमा पत्रकारहरूलाई हिरासतमा राख्ने, शारीरिक र मौखिक हमला, आपतकालीन कानून हालका हप्ताहरूमा प्रेस स्वतन्त्रतामा प्रतिबन्ध लगाउने अभ्यासहरू कतिपय मुलुकले गरेको भन्दै पीईसीले खेद व्यक्त गरेको छ ।
विश्वसनीय सार्वजनिक जानकारीको पहुँच पहिलेभन्दा बढी महामारीको समय महत्वपूर्ण रहने भएपनि प्रेस स्वतन्त्रतामाथि नै आक्रमण हुनु खासगरी चिन्ताको विषय भएको पीईसीले जनाएको छ ।
पीईसीले पारदर्शिता सर्वोपरी रहेको र यसको प्रयोगले स्वास्थ्य सङ्कटमा नागरिकको जीवन बचाउन सकिनेमा जोड दिएको छ 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता