प्रदेश १ मा २ सय ८२ संक्रमित, हालसम्म १ सय १८ संक्रमित निको भए


विराटनगर, २७ जेठ । प्रदेश १ को इलाम जिल्लामा पहिलो पटक एक जना संक्रमित थपिएसंगै प्रदेश १ का १४ जिल्लाहरु मध्ये १३ जिल्लाहरुमा संक्रमितहरु भेटिएका छन् । मंगलबार ५ जना नयाँ संक्रमितहरु थपिएसंगै प्रदेश १ मा जम्मा संक्रमितको संख्या २ सय ८२ पुगेको छ । प्रदेश १ मा संक्रमिहरु थपिएसंगै निको भएर जानेहरुको संख्या पनि बढ्न थालेको छ । जम्मा संक्रमित मध्ये १ सय १८ जना निको भएर घर फर्किसकेका छन् ।
झापा जिल्लामा मात्र १ सय ४८ जना संक्रमितहरु छन, भने मोरङमा मंगलबार ३ जना संक्रमित थपिएसंगै संक्रमितको संख्या ३१ पुगेको छ । सुनसरीमा १ जना थपिए संगै संक्रमितको संख्या ४३ पुगेको छ ।
यसै गरी प्रदेश १ का जिल्लाहरु उदयपुरमा ३६, धनकुटामा ८, भोजपुरमा ६, खोटाङमा ४, सोलुखुम्बुमा १, संखुवासभामा २ जना, इलाममा १ जना र तेह्रथुममा २ जना रहेको प्रदेश १ कोरोना सूचना डेक्स विराटनगरले जानकारी दिएको छ ।
संक्रमितहरुको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा २८ जना साथै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५६ र मोरङको गोठगाँउ स्थित कोभिड उपचार केन्द्रमा ७५ जनाको उपचार भइररहेको छ ।
प्रदेश १ सरकारले कुनै लक्षण नदेखिएका र सामान्य विरामीहरुलाई आइसोलेसन अस्पतालमा राखेर उपचार गर्ने निर्णय गरेको छ । उपचार गराइरहेका संक्रमितहरुमा कुनै लक्षण देखिएको छैन भने उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् ।
प्रदेश १ सरकारले संक्रमितहरुलाई अनलाइन प्रकृयाबाट अस्पताल भर्ना गर्न थालेको जानकारी दिएको छ । मंगलबार थप भएका संक्रमितहरुलाई मोरङको गोठगाँउस्थित आइसोलेसन सेन्टरमा लैजाने तयारी भइरहेको बताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता