इलामका पहिलो संक्रमितको यस्तो छ ट्राभल हिस्ट्री, उनलाई आजै गोठगाउँ कोराना अस्पताल लगियो

इलाम, २७ जेठः इलामको सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाइनमा रहेका एक २६ वर्षिय युवकमा मंगलबार कोरोना (कोभिट–१९) पुष्टी भएको छ । उनी भारतको चेन्नाइबाट जेठ  १६मा आएका उनी काँकरभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका हुन । उनी एक दिन काँकरभिट्टाको मेची नगरको क्वारेन्टाइनमा वसेका थिए । रोङको क्वारेन्टाइनमा जेठ १७ गते वसेर जेठ १८ गते उनी सँगै आएका अन्या ४ जनालाई सूर्योदय नगरपालिकाको एम्वुलेन्सले करफोकको क्वारेन्टाइन सम्म ल्याएको थियो । 
उनी  सूर्योदय नगरपालिका १२ का स्थायी वसोवास गर्ने भएकाले उनलाई इलामको सूर्योदय नगरपालिकाको करफोकमा रहेको क्वारेन्टाइनमा ल्याईएको हो । उनीसहित ५ जना करफोकको क्वारेन्टाइनमा ल्याईको थियो । मंगलबार आएको पिसिआर रिपोटमा उनीसँग आएका ४ जनाको रिपोट भने नेगेटिभ आएको छ । उनको पिसिआर रिपोट पोजेटीभ आए पछि उनलाई मोरङको गोठगाउँमा रहेको कोरोना अस्पतालमा लगिएको सूर्याेदय नगरपालिकाका फाेकल प्रसन विपुल अधिकारीले वताउनु भयाे । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता