प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ सय ९७ पुग्यो


विराटनगर, १० असार । प्रदेश १ मा वुधबार झापामा ११ जना, मोरङमा १ जना र सुनसरीमा १ जना गरी जम्मा १३ जना नयाँ संक्रमित थपिएका छन् भने प्रदेशमा संक्रमितको संख्या जम्मा ४ सय ९७ पुगेको छ ।प्रदेश १ का जिल्लाहरुमा सवै भन्दा बढी झापा जिल्लामा मात्र २ सय १५ जना संक्रमितहरु छन, भने मोरङमा १ सय ३० पुगेका छन् । यसै गरी सुनसरीमा ७० पुगेको छ भने धनकुटामा ८ , भोजपुरमा ६, खोटाङमा ४, ,उदयपुरमा ५१ ,सोलुखुम्बुमा १ , संखुवासभामा २ जना, तेह्रथुममा २ जना इलाममा २ जना , पाँचथर १ ताप्लेजुङ मा ३ जना र ओखलढुङगामा २ जना संक्रमितहरु रहेका छन् ।
कोशी कोभिड विराटनगरमा २९ जना, र्पूवाञ्चल विश्वविद्यालय आईसोलेसन सेन्टर सुन्दरहरैचामा १०४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ३७ जना र उदयपुरको चौदण्डीगढी आइसोलेसन केन्द्रमा ५ जनाको उपचार भइरहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता